कमजोरी लुकाउन र भ्रम फैलाउन तलिन नेकपाको दोक्ला सरकार(सम्पूर्ण तस्विरहरु उपलब्ध छ)

 पब्लिक संवाददाता      मङ्लबार, भदौ २४, २०७६      0

दीपशंकर चौलागाई ,नेपाली कांगे्रसका नेता रामचन्द्र खड्काले नेकपाको सरकार दोक्ला भएको दाबि गरेका छन ।
एनसेल, वाइडबडी जस्ता काण्डमा भ्रष्चार गर्ने अनि सदनमा चाँही नाटक गर्ने दुई कला भएकोले नेकपाको सरकार दोक्ला भएको उनको दाबि छ ।
राष्टिय जागरण अभियान तथा विपी जयन्तीका अवसरमा दोलखाको सदरमुकाम चरिकोटमा नेपाली कांगे्रस दोलखाको आयेजना गरिएको सभालाई सम्बोधन गर्दै नेता खड्काले दुई तिहाइ बहुमतको दम्भकै आधारमा कानुन बनाएरै नागरिकका अधिकार कुण्ठित गर्ने गर्न लागि पारेको बताए । दुई तिहाईको दम्भमा देशमा लुटतन्त्र मचाएर अख्तियार र अदालतलाई समेत तर्साएरको खड्काले दाबि गरे ।
भ्रष्टाचार बढेको, सुशासन कायम गराउन नसकेको, कर्मचारीतन्त्रमा राजनीतिकरण गरिएको, राजनीतिक आस्थाका आधारमा कर्मचारीमाथि विभेद गरिएको खड्काले बताए ।
सरकारप्रति आमनागरिकमा चरम निराशा उत्पन्न भएको र सरकारप्रतिको असन्तुष्टिलाई व्यवस्था माथिको प्रहार’ भन्दै सरकारले आफ्नो कमजोरी लुकाउन र भ्रम फैलाउन खोजेको उनको आरोप थियो ।
कांग्रेसले ‘हिमाल,पहाड, तराई–मधेस नेपाली कांग्रेस’ राष्ट्रिय जागरण अभियान दोलखा जिल्लामा प्रारम्भ गदै नेपाली कांगे्रसका युवा नेता एवम केन्द्रिय प्रतिनिधि गणेश लामा वर्तमान सरकार अधिनायकवादको बाटोबाट अघि बढेको आरोप लगाए । उनले भने सरकारका काम कारबाही अधिनायकवादको पथमा उन्मुख भएकोले यसका विरुद्ध जनतामा चेतना ल्याउनका लागि जनतासमक्ष जाने अभियान प्रारम्भ गरेका हौं ।
स्थानीय सरकार भ्रष्टाचारको दललदलमा फस्दै गएको तथा प्रदेश र संघीय सरकार निरंकुश बन्दै गएको भन्दै लोकतन्त्रको रक्षाका लागि जनतामा चेतना अभिवृद्धि गर्नु आवश्यक रहेको नेता लामाको दाबि छ ।
वर्तमान सरकारका भ्रष्टाचारलगायत विसंगतिपूर्ण जनविरोधी क्रियाकलापबारे सविस्तार आमनागरिकमा पुराउन दोस्रो चरणको अभियान सुरु गरेको नेपाली कांगे्रस दोलखाका सभापति रुद्र खड्काले बताए ।
कूटनीतिक क्षेत्रमा अपरिपक्वता ,बौद्धिक समुदायप्रतिका अबौद्धिक टिप्पणी र कतिपय अपमानजनक घटना, चिकित्सा शिक्षा क्षेत्रमा बढेको राज्य संरक्षित बेथिति जस्ता कारण मुलुकको छविलाई वर्तमान सरकारले धमिल्याएको अधिवक्ता एवम नेपाली कांगे्रसका युवा नेता सुकदेव काप्mले ले बताए । उनले भने सरकारका कामकाजको हकमा त्यसप्रति स्वयं नेकपाभित्रै व्यापक असन्तुष्टि छ । दाबिका साथ काप्mले भने सत्ताधारी नै ‘शासन प्रणालीमाथि नै संकट उत्पन्न गर्न खोजिएको’ भन्दै कोकोहोलो मच्चाइरहेका छन् ।
नेपाली कांगे्रसका नेता प्रदेश १ ख का सभापति जयराज श्रेष्ठको सभापतित्वमा सम्पन्न राष्टिय जागरण अभियान तथा विपी जयन्ती सभालाई नेपाली कांगे्रस दोलखाका उपसभापति छवि मोक्तान,पार्टी सचिव बालकृष्ण आचार्य, नेता ईश्वर नारायण मानन्धर, नेपाली कांगे्रसका नेता प्रदेश १ क का पार्टी सचिव भुवन केसी ,पार्टी प्रबक्ता सन्तोष पाठकले सम्बोधन गरेकाछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *