परोपकारमा सी भी एम विद्यालय,५०० बिद्यार्थी र अभिभावकले निशुल्क उपचार पाए

 पब्लिक संवाददाता      मङ्लबार, भदौ २४, २०७६      0

दीपशंकर चौलागाई  । पाँच सय जना विद्यार्थी र अभिभावकको निशुल्क आँखा उपचार गरि काठमाण्डौको गठ्ठाघर स्थित सी भी एम विद्यालय र रेयुकाई एईके मासुनागा आँखा अस्पतालले परोपकार काम गरेका छन ।
सी भी एम विद्यालय र रेयुकाई एईके मासुनागा आँखा अस्पतालको सहयोगमा बिद्यार्थी र स्थानियवासीले उपचार पाएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम बस्नेतले जानकारी दिनु भयो ।
आँखाको ज्योती नगुमोस् भन्ने उदेश्यले समयमै बिद्यार्थी र अभिभावकको आँखा सम्बन्धी लागेको रोगको उपचार गरेको बस्नेतले बताउनुभयाे । उहाले भन्नु भयाे रोग लाग्नु अघि रोगको बाटो छेक्न जाति भन्ने सिद्धान्तलाई अवलम्बन गदै आँखा उपचार गरेका हौं ।”
कतिपय बिद्यार्थीहरुमा टाढा बस्दा शिक्षकले लेखेको प्रष्ट नदेख्ने समस्या रहेकोले उत्कृष्ट शिक्षण सिकाईमा प्रभाव परि भविष्यका कर्णधारहरुको भविष्य डामडोल भई देशलाई नै ठुलो घाटा हुने अनुमान गरि यो अभियान संचालन गरेको सी भी एम विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद पौड्यालले बताउनुभयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *