चरिकोट,२० भदौ । एपलाष्टिक एनिमिया नामक रोगबाट पिडित ब्यक्ति मकुन्दप्रसाद भण्डारी उपाध्यायलाई ब्यवसायी कमल चौहानले नगद सहयोग गरेका छन् ।
चौहानले आज सिभिल हस्पिटलमा उपचारत रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर १३ का भण्डारीको सहयोगमा १० हजार रकम प्रदान गरेका हुन् । भण्डारीको उपचारमा धेरै खर्च लाग्ने र ब्रोन म्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने भएकाले सहयोगका लागि याचना गरिएको छ । दोलखामा उनको सहयोगार्थ चरिकोट बसपार्कका रमेश भण्डारीले सहयोग रकम पडितका सामु पुग्ने गरि बैङको खाता नम्बर समेत उपलब्ध गराईरहेका छन् । चौहानले पनि सानो रकम भएपनि उनको स्वास्थ्य लाभको कामना गर्दै सो रकम हस्तान्तरण गरेको बताए । चौहान रामेछापका स्थानियबासी हन् भने दोलखाका पुराना युवा ब्यवसायी हुन् ।चौहानले आफ्नो ब्यवसायबाट बचेको रकमहरु बिभिन्न सामाजिक कार्यमा दिदै आएका छन् । उनले आफ्नो जन्म दिनको अबशरमा पनि नेपाल पत्रकार महासंघको भबन निमार्णका निम्ति १५ हजार रकम हस्तान्तरण गरेका थिए । उनले आफ्नो आम्दानीको केहि रकम अन्य सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएका छन् । भण्डारीको सहयोग लागि एनएमबि बैङकको खाता नम्बर ०२१००१७८९७००००११ रहेको छ । भण्डारीको आर्थिक अबस्था कमजोर रहेकाले उपचारका लागि सहयोगको याचना परिवारले गरेका छन् ।
Leave a Reply