डिएसपीबाटै जनप्रतिनिधि असुरक्षित

 पब्लिक संवाददाता      बिहिबार, भदौ १२, २०७६      0

 वडा अध्यक्षलाई डिएसपी राईले कुटे

दोलखा १२ भदौ । भीमेश्वर नगरपालिका ४ का वडा अध्यक्षमा हरिबंश चौलागाईलाई दोलखाका प्रहरी नायव उपरिक्षक मानबहादुर राईले कुटपिट गरेकाछन ।
सदरमुकाम चरिकोटको पानारमा रिसार्टको परिसरमा हत्या गरिएका १८ बर्षिय पवन बस्नेतको हत्यारा पत्ता लगाउन प्रहरीले धेरै आलटाल गरेपछि सोधपुछका लागी मृतकका आमा बुबा र स्थानिय भद्रभलामीहरु लिएर पुगेका चौलागाई एक्कासी अपशब्द बोली डिएसपी राईले कुटपिट गरेकाछन ।
पिडित वडा अध्यक्षले आफुमाथि डिएसपी राई हातगरि मुद्धा ओजेलमा पार्न खोजेको पत्रकार सम्मेलन गर्दै बताएकाछन । तत्कालिन नेकपा एमालेबाट उम्मेदवार भई अत्याधिक बहुमतलले बिजय भएका चौलागाई एककासी तँ गद्धार होस ,तँ ले कसरी चुनाव जितिस मलाई थाहा छ भन्दै कार्यकक्षबाट बाहिर जान धम्की दिंदै नत्र गल्हताउँछु समेत भने पछि नमानेकोले डिएसपी राइले कुटपिट गरेको बिज्ञप्ती जारी गरि वडा अध्यक्षले बताएकाछन ।
जनताको माझ अति निकृष्ट शब्द बोली अनुसन्धानलाई प्रभावित पार्न आउने तँ को होसर ? ,तेरो सरकारले राज्यपूर्न संरचना अनुसार प्रविधि के दियो ? धेरै नबोली जा ,नत्र भाटा हान्छु भन्दै हातपात गर्ने अपराधिलाई डिएसपीलाई कानुनी कावार्ही गर्न वडा अध्यक्षले सरकार संग माग गरेकाछन ।
“कानुन हात लिएर नागरिक माथि अत्याचार गर्ने डि एस पी राई कहिलै राष्टसेवक कर्मचारी बन्न सक्दैनन । गृह सचिव संग नाता जोडेर पदको दम्भ देखाउने उनको रवैयाको परिमती हो जनताको प्रतिनिधिमाथि हात पात गर्नु । ” नेकपा दोलखाका जिल्ला कमिटि सदस्य तारानाथ चौलागाईले भने । उनले भने ‘मृतक पवन बस्नेतको हत्याको घटनालाई प्रहरी स्वयले अन्यत्र मोड्न खोजेको र दोषीको पहिचान नगरी मुद्धाको अनुसन्धान ढिला सुस्ती गरेको छ ।’
यता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले टेलिफोन सम्पर्कका भने आुफले कसैलाई कुटपिट नगरेको यो हल्ला निरर्थक भएको दाबि गरे । डिएपीको कार्यकक्षमा सिसि क्यामारा हुन्छ हेर्न सक्नु हून्छ दाबिका साथ राईले भने । पवनको हत्याका बिषयमा अनुसन्धान गहिरो रुपमा प्रहरीले गरि रहेको समेत उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *