अष्ट्रेलिया, जापान र दुवईमा काम गर्ने दोलखाली युवाको सहयोग पहिरो पिडितलाइ

 पब्लिक संवाददाता      बुधबार, भदौ ११, २०७६      0

दोलखा ११ भदौ । जिल्लाको गौरीशंकर गाउपालिका जुँगुका पहिरो पीडितहरुका लागि वैदेशिक रोजगारीमा सिलसिलामा रहेका दोलखाली युवाहरुले आर्थिक सहयोग गरेका छन् ।अष्ट्रेलिया, जापान र दुवईमा रहेका दोलखाली युवाहरुले पहिरो पीडितको आर्थिक सहयोग गरेका हुन् ।
दोलखा समाज जापानका महासचिव रोशन थापाको अगुवाईमा संकलन भएको १ लाख , अस्ट्रेलिया रहेका जिल्लाका युवाहरु राजकुमार खड्का र बिष्णु थापाको पहलमा सँकलन भएको १ लाख २७ हजार ३ सय ३० र दोलखाली समाज युएईका अध्यक्ष नवराज बस्नेत र महासचिव सन्तोष भुजेलको अगुवाईमा संकलन भएको ४१ हजार ५ सय ९२ र सोही समाजका सचिव लोकप्रसाद दाहालको अगुवाईमा संकलन भएको २७ हजार ५ सय ५ गरी २ लाख ९६ हजार ४ सय २२ रुपैयाँ पहिरो पीडितलाई जुटेको रकम सहयोग गरेका हुन दोलखा समाज जापानका महासचिव रोशन थापाका दाई राजेश थापाले जानकारी दिनु भयो ।
बुधबार सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमका बिच सहयोग वापत प्राप्त रकम गाउपालिकाकी उपाअध्यक्ष उर्मिला थामिलाइ हस्तान्तरण गरिएको थियो। रकम पहिरो पीडितको राहत र पुननिर्माणका लागि राहत कोषमा जम्मा गरिने उपाअध्यक्ष थामीले जानकारी दिए । कार्यक्रममा पूर्वराज्य मन्त्री एवँ नेकपा दोलखाकी ईन्चार्ज देवी खड्का र प्रदेश सभाका सांसद विशाल खड्काको उपस्थितीमा रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *