दीपशंकर चौलागाई । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले जिल्लालाई जोड्ने मुख्य लोकमार्गमा नियमित यातायातका साधन चल्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
खाडिचौरदेखि चरिकोटसम्मको सडकको दुरावस्थाका कारण नियमित यातायात सँचालन हुन नसकेको र तामाकोशी–मन्थली–खुर्कोट सडक पनि अवरुद्ध हुँदा दोलखा जिल्ला नाकावन्दिमा परेको भन्दै नेकपाले सँघीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।
नेकपाले जिल्लालाई जोड्ने मुख्य सडकमा निर्वाधरुपमा यातायातका साधन चल्ने बातावरण सिर्जना गर्न र खाडिचौरदेखि चरिकोटसम्मको सडक निर्माणमा ढिलासुस्ति गर्ने ठेकेदारलाई कारवाही गरी नयाँ प्रक्रियावाट निर्माणको काम अघि बढाउन माग पनि गरेको छ । नेकपाले जिल्ला सदरमुकामदेखि गाउँ–गाउँ सम्म जाने ग्रामिण सडक समेत अवरुद्ध भएको भन्दै तत्काल मर्मत सम्हार गरी यातायात सुचारु गराउन स्थानीय सरकारहरुलाई आग्रह गरेको प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्ष्मण खड्काले बताए ।
नेकपा दोलखाले जिल्लाको गौरीशंकर गाउँपालिकाको जुँगु, खारे र मार्वु, शैलुङ, मेलुङ, तामाकोशी र वैतेस्वर गाउँपालिकाका बिभिन्न स्थामा बाढपहिरोले पु¥याएको मानविय तथा भौतिक क्षेतिप्रति दुःख व्यक्त गर्दै पीडितहरुलाई राहत, पुर्नस्थापना तथा पुननिर्माणमा सहयोग गर्न सँघीय र प्रदेश सरकारलाई आग्रह पनि गरेको छ । नेकपा दोलखाको बैठकको निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दैै प्रचार तथा प्रकाशन विभागका प्रमुख खड्काले तामाकोशी तेश्रो जलबिद्युत आयोजनालाई पूर्ण क्षमता अर्थात ६५० मेगावाट बाट नघटाई निर्माण गर्नु पर्ने निर्णय भएको जानकारी दिए ।
अव नेकपा दोलखाका सवै संगठित सदस्यहरुको अभिलेखिकरण गरी भदौ मसान्तभित्र नगर, गाउँ र वडा तहको बैठक राखिसक्नु पर्नेछ भने असोजको ४ र ५ गते जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै नेकपाका जिल्ला अध्यक्ष ईस्वरचन्द्र पोखरेलले पार्टी बैठकको निर्णय अनुसार नेकपा दोलखा अव नयाँ ढँगले अघि बढ्ने बताए ।
नेकपाको बैठकले ४७ सदस्यीय सचिवालय, १८ वटा विभागको प्रमुख र उपप्रमुख, प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको सँयोजक र सचिव तथा ९ वटै स्थानीय तहको पार्टी कमिटीको ईन्चार्ज र सह ईन्चार्ज टुँग्याएको छ ।
पत्रकार सम्मेलनमा नेकपाका केन्द्रिय सदस्य एवँ प्रदेश सचिव आनन्दप्रसाद पोखरेल, केन्द्रिय सदस्य एवँ जिल्ला ईन्चार्ज देवी खड्का, सँघीय साँसद पार्वत गुरुङ, प्रदेश सांसद विशाल खड्का, पार्टी सचिव गोपाल पाण्डे लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।
Leave a Reply