दीपशंकर चौलागाई । दोलखाको बिगु गाउँपालिका १ मा बिदेशी नागरिक मृत अवस्थामा फेला परेका छन ।
तामाकोशी नदीले बगाएर ल्याटभिया देशका ३२ बर्षियKONSTANTINS TODOSINNIKOVS नाम गरेका नागरिक मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरिक्षक मान बहादुर राई ले जानकारी दिएकाछन ।
चिनको स्वाशाशित क्षेत्र तिब्बतको सिमनामा रहेको नेपालको लप्चिबाट फर्किने क्रममा लामाबगरमा आई पुग्दा साँडे एक बजे चिप्लीएर तामाकोशी नदीमा परि उनको मृत्यू भएको राईले बताए ।
लामाबगरबमाट खबर आउन साथ प्रहरीको टोली पुगी तामाकोशी नदीको बिचमा ढुङा र काठको चेपमा अड्कीएर मृत अबस्थामा रहेको बिदेशी नागरिकको शव नेपाल प्रहरी ,नेपाली सेना र सशत्र प्रहरीको संयुक्त टोलीले के्रन र डोरीको सहायताले निकालेको प्रनाउ राईले बताए ।
मृतक ल्याटभियाका नागरिककीे श्रीमती भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । चिप्लीएरतामाकोशी नदीमा रहेको स्थानबाट मृतक ल्याटभियाका नागरिकलाई करिब १ किलोमिटर बगाएको र मृत अबस्थामा लास भेटीएको प्रहरीले जनाएको छ । मृतक ल्याटभिया देशको पासपोटी नं LV3976594 भएका नागरिक हुन ।
Leave a Reply