रेक्ट्रोफिट पछि आफ्नै भवनमा कार्यालय सुरु

 पब्लिक संवाददाता      आइतवार, भदौ १, २०७६      0

दोलखा १ भदौ । दोलखा उद्योग वाणिज्य संघले आफ्नै भवनमा कार्यालय ब्यबस्थापन गरि काम संचालन गर्न शुरु गरेको छ ।
विनासकारी भुकम्पले जिर्ण रहेको भवनका रेक्ट्रोफिट गरि संघले आफ्नै भवनबाट कार्य संचालन गर्न शुरुगरेको हो
रेक्ट्रोफिट गर्ने काम सम्पन्नभएपछि शनिवार संघका कार्यवाहक अध्यक्ष दिनेश थापाले भवनको उद्घाटन गरे .
साँढे तीन तल्ले भवनको डेढतला काटिएको तथा १२ वटा पिलर, विम तथा वाल समेत रेक्ट्रोफिट सम्पन्न गरेको भवनकोे दोलखा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष दिनेश थापाले भवनको उद्घाटन गरेकाछन ।
भवन मर्मतकालागि ब्यापारी प्रभुराम श्रेष्ठले ६ लाख सहयोग , उद्योग वाणिज्य संघका शेखर गोल्छाले १ लाख सहयोग गरेका दोलखा उद्योग वाणिज्य संघका महासचिव हेमराज रिमाल ले बताए । रिमालले भने ‘ अझै भवनको सबेै काम सम्पन्न गर्न ४० लाख लाग्ने अनुमान गरिएको छ । ’. सहयोगी मन संग आग्रह गर्ने काम भइरहेको उद्योग वाणिज्य संघ दोलखाले जनाउको छ । दोलखा उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष सनद थापाले माथिल्लो तलामा प्रिफ्यावको सुविधा सम्पन्न सभा हल बनाउने योजना रहेका बताएकाछन ।
रेक्ट्रोफिटका लागि एनसेटले डिजाइन तथा स्टिमेट गरी उपलब्ध गराएको र भीमेश्वर नगरपालिकाका प्राविधिकहरुको प्रत्यक्ष रेखदेख र निगरानिमा रेक्ट्रोफिट गरिएको दोलखा उद्योग बाणिज्य संघले जनाउको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *