एतिहासिक शहरमा स्वर्णबर्ष २०७६,स्वर्ण स्तम्भको शिलान्यास

 पब्लिक संवाददाता      शनिबार, साउन ३२, २०७६      0

दोलखा ३२ साउन । नेपालकै सबैभन्दा पुरानो कालिञ्चोक युवा कल्व दोलखाले एतिहासिक शहर दोलखामा स्वर्ण महोत्वस मनाएको छ । स्वर्ण महोत्वसको अवसरमा पुरात्ताविक महत्व बोकेको शहरमा स्वर्ण स्तम्भ निमार्ण गर्न शिलान्यास गरेको हो ।
भिमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले स्वर्णबर्ष २०७६ को उद्घाटन गर्दै स्वर्ण स्तम्भको शिलान्यास गरेका हुन । भुकम्प पछि क्षत्बिक्षत भएको पौराणिक तथा एतिहासीक शहरको महत्व गुम्न नदिने गरि नगरपालिकाले काम गरि रहेको नगरप्रमुख केसीले बताउनुभयो । धार्मिक सम्पदाहरुको निमार्ण धामधम भई रहेको निजी आसवास पनि पुरातात्विकरुपमा निमार्णका लागी पहल गरि रहेको केसीले बताउनुभयो ।
नेपाली कला संस्कृति संरक्षण सम्बन्र्दन र विकासमा उज्जल नेक्षत्रका रुपमा चिनिने दोलखाली छोरा मदनदास श्रेष्ठले २०७६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै यो पार्टी र उ पार्टी नभनि दोलखाको विकासमा लाग्न सबैलाइ अपिल गरे । उनले युवाहरु समाज विकासका अभिन्न अंग भएको लक्षित गर्दै सोच परिवर्तन गर्ने तागत युवाहरुमा रहेकोले अघि बढ्न आग्रह समेत गर्नुभयो ।
‘दोलखामा धेरै गुठी छन । गुठीका नाममा धेरै जग्गा जमिन थियो । अहिले छोरा नाती पनातीहरुले जग्गा आफ्नो नाम जर्वजस्ती नापी गराएर गुठी मासेका छन ।’ बरिष्ठ कलाकार श्रेष्ठले भन्नु भयो गुठीको संरक्षण गर्ने हो भने जग्गा फिर्ता गर्नु पर्छ ।
कला संस्कृति संरक्षक समाजसेवि भल्ला मास्केले दोलखाको मेलुङमा खानेपानीको अभावबाट ग्रसित नागरिकको ४० बर्ष अघि २ सयवटा धारा बनाएर एतिहासीक शहर दोलखामा रहेको कालिञ्चोक युवा कलव दोलखाले समाजसेवि कामको सुरुवात गरेको अवगत गराउनुभयो । मास्केले भने २०४५ सालको भुकम्पबाट बास विहिन हुन पुगेको विपन्न थामी जातीका नागरिकलाई डोक्थली २७ घर बनाई सहयोग गरेको छौं । एकिकृत बस्ती देशमै पहिलो कालिञ्चोक युवा कलव दोलखाले बनाएको संस्थापक उपाध्यक्ष समेत रहेका मास्केले दाबि गर्नु भयो ।
सोही समारोहलाई वडा अध्यक्ष बिराज श्रेष्ठ,समाजसेवि वकिल प्रविन प्रधान , कला संस्कृति संरक्षक उपेन्द्र प्रधान,संचारकर्मी राजेन्द्र मानन्धर,युवा सञ्जिव श्रेष्ठ, कालिञ्चोक युवा कलव दोलखाका महासचिव अनिल चन्द्र श्रेष्ठले सम्बोधन गर्दै पौराणी महत्वको सुन्दर शहरमा रहेका धार्मिक सम्पदा र निजी आसवास पुरातात्विकरुपमा निमार्णका सरकार संग अपिल गर्ने प्रतिबद्धता जाहेर गरेकाछन ।
कालिञ्चोक युवा कलव दोलखा द्धारा आयोजित स्वर्णबर्ष २०७६मा दोलखाको कला संस्कृति संरक्षण सम्बन्र्दन र विकासमा योगदान पुराउनेहरुलाई सोही समारोहमा नगरप्रमुख केसीले सम्मान पत्र प्रदान गरेकाछन । कला संस्कृति संरक्षण सम्बन्र्दन र विकास योगदान पुराउने आनन्द मान श्रेष्ठ,भगवानदास श्रेष्ठ,कृष्ण श्रेष्ठ (माराङ साइली) ,नबराज प्रधान ,प्रभुनारायण प्रधान , कृष्णबहादुर श्रेष्ठ(जवारीलाल) ,यज्ञ बहादुर श्रेष्ठ,प्रेमकृष्ण श्रेष्ठ,तीर्थमान श्रेष्ठ, रामबहादुर श्रेष्ठ लाई केसीले सम्मान गरेको कालिञ्चोक युवा कल्व दोलखाका अध्यक्ष निरेन्द्र मास्केले बताउनु भयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *