पानारोमा होटल परिसरमा युवकको हत्या

 पब्लिक संवाददाता      शनिबार, साउन ३२, २०७६      0

दोलखा ३२ साउन । दोलखाको सदरमुकामम चरिकोट चरिघ्याङस्थित पानारोमा रिसोर्ट नजिकै गम्भिर खवस्थामा भेटिएको युवकको मृत्यू भएको छ ।
गम्भिर अवस्थामा प्रहरीले फेला पारी भीमेश्वर नगरपालिका ४ का २० बर्षिय पवन बस्नेत लाई उपचारार्थ चरिकोट प्रस्थापित अस्पतालमा पुराउए पनि चिकिसत्कले मृतक घोषण गरेको जिल्ला प्रकार्यालय दोलखाले जनाएको छ ।
बस्नेतलाई दुइ तिन जनाको समुहले नाँगेझार पारि सडक छेऊ बाट करिब एक किलोमिटर लगी हतियारको प्रयोगले काटेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुसन्धान गरेको प्रहरी नायव उपरिक्षक मान बहादुर राइले बताएकाछन ।
पानारोमा रिसार्टमा बास बस्ने बिदेशी नागरिकले हल्ला खल्ला र चिकार सुनेको होटलबालालाई बिहानमा सुनाए पछि प्रहरीलाई होटलवालाले खबर गरेको प्रहरीले बताएको छ ।
सडकको छेउमा एउटा जुत्ता र सट भेटिएको र पानारोमा रिसोर्ट किचेन छेउको बाथरुमको बाहिरी भित्ताहरुमा रगतको आहाल रहेको प्रहरीले जनाएको छ ।
मृतक बलेरो चालक रहेकोले अनुसन्धानका लागी उनका साथीहरुलाइ प्रहरीले गिरफ्तार गरेको बताएको छ । उनकोशव चरिकोट स्थित लास घरमा राखिएको छ ।

खोलाले बगाउदा एक युवक बेपत्ता

दोलखा ३२ साउन । दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर २ स्यारावाराङ स्थित कालिञ्चोक खोलाले बगाउदा एक युवक बेपत्ता भएका छन् ।
कालिञ्चोक खोलामा माछामार्ने क्रममा डुबेर ३१ बर्षिय राजु थामी बेपत्ता भएको प्रहरी नायव निरीक्षक सेते तमाङले बताउनु भयो । युवक बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जनाको टोलिले खोजि जारी राखेको तर हालसम्म फेला पार्न नसकेको प्रहरी नायव निरीक्षक तमाङले बताउनु भयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *