दोलखाका निमार्ण व्यवसायी प्रधानमन्त्रि समक्ष माग राख्दै

 पब्लिक संवाददाता      बुधबार, साउन २९, २०७६      0

साना ब्यवसायीहरुलाई ५ करोड सम्म खुल्ला गरी बोलपत्र आब्हन गर्न सरकार समक्ष दोलखा जिल्ला निमार्ण ब्यवसायी संघले माग गरेको छ ।
सरकारले एक साता भित्र खरिद ऐन संसोधन गरी निमार्ण ब्यवसायीहरुका माग पुरा नगरे काम बन्द गरि आन्दोलनमा होमिने चेतावानी दिएको छ ।
जिल्ला निमार्ण ब्यवसायी का महासचिव राजेश थापा र उपाध्यक्ष राजेश श्रेष्ठ द्धारा संयुक्तरुपमा हस्ताक्षरित ज्ञापन पत्रमा सो कुरा उल्लेख गरि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्रि समक्ष पठाएका जनाएकाछन ।
उपभोक्ता समितीको सिमा निर्धारण ६० लाख सम्म रहनु पर्ने माग गर्दै जिल्ला निमार्ण ब्यवसायी का महासचिव राजेश थापाले भने“निमार्ण ब्यबसायी संगै सम्बन्धित सम्पूर्ण सरोकारवाला पक्ष,कर्मचारी ,प्राविधि,कन्सल्टेसी सबैको सामुदायिक जिम्मेवार रहने ब्यबस्था कायम गर्न पर्दछ ।”

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *