२८ साउन । च्याउले कतै तपाईको ज्यान लिने त होइन । च्याउ किन्दा होसियार भएर कुन खान मिल्ने हो कुन नमिल्ने चिनेर मात्र खानु पर्दछ ।
दोलखा सदरमुकाम चरिकोटको सातदोबाटेको सडकमा बेच्न राखेको च्याउ खाँदा चरिकोट बजार स्थित संखधर शाख्या चोक निवासी फणिन्द्र रेग्मीका घरका सब परिवार बिरामी परेकाछन । फणिन्द्र रेग्मीको श्रीमती बर्ष ५८ कि गोमा रेग्मी , छोरा ३६ बर्षका रमेश रेग्मी ,बुहारी बर्ष २९ बर्षकी अप्सरा थापा रेग्मी र ७ बर्षकी नातिनि आरुसिका रेग्मी बिषाद च्याउ खाएर बिरामी परेका हुन ।
उनीहरुलाई खाना खाएको आधा घण्टा पछि रिङगडा लाग्ने, मुखबाट हल्का फिज आउने र आखाँले टाढा नदेख्ने भएपछि उपचारको लागी प्रस्तावित अस्पताल एवम प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा लगी उपचार गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बिषाद च्याउ खानाले फुट पोइजन भएको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले जनाएको छ । उपचार पछि उनीको अवस्था सामान्य रहेको छ ।
Leave a Reply