आर्थिक अनियमिकताको दलदलमा फस्यो, तामाकोशी गाउँपालिका

 पब्लिक संवाददाता      सोमवार, साउन २७, २०७६      0

दोलखा 27 साउन । दोलखाको तामाकोशी गाउँपालिकामा कर संकलन गर्दा ठुलो आर्थिक अनियमितता भएकोछ  ।

कर संकलनका लागी अस्थायीरुपमा भर्ती गरेका कर्मचारीको बदमासीका कारण तामाकोशी गाउँपालिका आर्थिक अनियमिकताको दलदलमा पसेको हो ।

सक्कल रसिद र ओसी रसिदमा फरक फरक  रकम उठाई राजश्व उठाउने भष्ट्र नियत बोकेका कर्मचारीको कारण  गाउँपालिकाको बदनाम भएको प्रमुख प्रशासकिय अधिकृत बिज्ञान कोइरालले स्वीकार गर्नुभएको छ  ।

कर उठाउन  अस्थायी रुपमा राखेको भएपनि जनताले तिरेको  राजश्व हिनामिना गर्ने कर्मचारीलाई तत्काल बर्कासत गरि उसको चल अचल सम्पतिबाट असुल्ने प्रक्रिया सुरु भएको  गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कोइराललले जानकारी दिनु भयो ।

गाउँपालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेल जिल्ला बाहिर हुनु भएकोले गाउँपािलका आई सकेपछि  छानविन समिती बनाई कति राजश्व हिनामिना भएको हो सत्य तत्थ पतालगाई  असुली गरि सार्वजानिक गर्ने उनले प्रतिबद्धता जाहेर गर्नुभयो  ।

प्रमुख प्रशासकिय अधिकृत  कोइरालाले भन्नु भयो   ‘म २०७६ सालमा तामाकोशी गाउँपालिकामा आएको यो आर्थिक बर्ष २०७५÷०७६ को राजश्व ठगी भएको हुदा  सो समयमा संलग्न को ,को छन छानविन समितीको रिपोर्ट पछि कानुनी कावार्ही  गर्न गाउँपालिका पछि हट्ने  छैन । ’

पृथ्वी बहादुर श्रेष्ठको एकता रोडा  ढुङगा,सुरेश उप्रतीको तामाकोशी रोडा ढुङगा,र सिताराम उप्रतीको जलदेवि क्रसर उद्योग गरि तामाकोशी गाउँपालिकामा तिन वटा क्रसर संचालनमा रहेकाछन । सिताराम उप्रतीको जलदेवि क्रसर उद्योगमा कर्मचारीलाइ पटकपटक पत्रचार गर्दा पनि हाल सम्म आर्थिक बर्ष २०७५÷०७६ को  समेत राजश्व  बुझाएको छैन प्रमुख प्रशासकिय अधिकृत  कोइरालाले बताए । पृथ्वी बहादुर श्रेष्ठको एकता रोडा  ढुङगा,सुरेश उप्रतीको तामाकोशी रोडा ढुङगाले समेत रकम बिजक भन्दा धेरै कम राजश्व बुझाएको कोइरालाले तितो यर्थाथ बताउनुभयो ।

तिन वटै क्रसरमा पत्रचार गरि  के भएको हो  यथार्थ जानकारी दिन पत्र बुझाउन पठाउदा सम्म पृथ्वी बहादुर श्रेष्ठको एकता रोडा  ढुङगा,सुरेश उप्रतीको तामाकोशी रोडा ढुङगाका कर्मचारीले पत्र बुझेको तर सिताराम उप्रतीको जलदेवि क्रसर उद्योग कर्मचारीले गाउँपालिकाका कर्मचारीलाई गालि गलौज समेत गरेर पत्र नबुझेको प्रमुख प्रशासकिय अधिकृत  कोइरालाले बताउनुभयो ।

२०७५ साउन १ देखी २०७५ असोज २२ सम्ममा  २९ लाख भन्दा बढी कर उठाउनु पर्नेमा ८ लाख ११ हजार ५ सय ५२ मात्र देखीएकोले तत्काल भष्ट्रचारमा संलगन कर्मचारीलाई कार्वाही गर्न तामाकोशी रोडा ढुङगाका प्रोपाइटर सुरेश उप्रेतीले माग गरेकाछन । जनताले तिरेको कर हिनामीना गर्नेलाइ कानुनी दायरामा ल्याइ कार्वाही हुनु पर्छ  उप्रेतीले भन्नु भयो ।

ढोलिखोलामा छड्के चेक गर्दा एकता रोडा ढुंगाको बिजक ९ टिपको जारि भएको तर गाउँपालिकाको करको रसिद जम्मा ४ टिपको काटिएको पाइयो बताउदै उप्रेतीले प्रश्न गरे  के यसरि नै जनताले तिरेको करमा ब्रम्हलुट गर्न पाइन्छ? उहाँले भन्नु भयोे ‘मैले केहि बिल संकलन गरेर गाउँपालिकाको बिल सँग भिडाउँदा ग्राहकलाई दिएको बिल र गाँउपालिका सँग रहेको दोस्रो कपिमा रकम नै फरक छ  । ’

 

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *