पटक पटक झुकायो माथिल्लो तामाकोशी आयोजनाले जनतालाई

 पब्लिक संवाददाता      बिहिबार, साउन २३, २०७६      0

दीपशंकर चौलागाई  । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले बिद्युत उत्पादन छिटै हुन्छ भन्दै तिन बर्ष अघि देखी जनतालाइ झुकाउदै आएको छ ।  २०७६ पुस मसान्त भित्र बिद्युत उत्पादन गर्ने छ भन्दै आयोजनाका कर्मचारीले सातौं पटक जनतालाई ढाँटीरहेकाछन ।
२०६७ भदौमा निमार्ण कार्य सुरु गरेको माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले सुरुमा २०७३ असार मसान्त भित्र बिद्युत उत्पादन गर्ने जनाएको थियो । ३५ अर्ब २९ करोड रुपैयाँ लागतमा निमाण कार्य पुरागरि नेपालमै सबै भन्दा सस्तो बिद्युत उत्पादन गर्ने भनि जनतालाई लोभ्याएको थियो ।
सदरमुकाम चरिकोट आई पुगेका माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाका प्रवत्ता डाक्टर गणेश न्यौपानेले अझै २०७६ पुसमा मसान्त भित्र बिद्युत उत्पादन हुन्छ भनेका छन । राष्टिय गौरबको आयोजनाको कामको गति हेर्दा अझै दुई बर्ष लाग्ने छ नागरिक समाज दोलखाका अगुवा दुर्गा प्रसाद दहाल भने ‘प्रवत्ताले अझै जनतालाई ढाँट्दैछन ।’
चरैतिर बाट आलोचित हुन लागे पछि बिभिन्न बाहाना बनाइ तामाकोशी जलबिद्युत आयोजनाका कर्मचारीले आप्mनो स्वार्थको लागी पटक पटक विद्युत उत्पादन गर्ने समय तोकेको नागरिक अगुवा राजेश बस्नेतले बताउदै भने सुरुमा २०७३ असार मसान्त ,दोस्रो पटक २०७४ पुस मसान्त, तेस्रो पटक २०७५ असार मसान्त,चौथो पटक २०७५ पुस मसान्त ,पाँचौ २०७५ चैत मसान्त,छैठौ पटक २०७६ असार मसान्त र सातौं पटक अहिले प्रबत्ताले मागी खाने भाँडो थाप्दै हिडेकाछन २०७६ पुस मसान्तमा भित्र आयोजनाले बिद्युत उत्पादन गर्ने ।
आयोजनाको हेडवक्र्स, पावरहाउस र सुरुङ निर्माणको काम लगभग पूरा भइसके पनि ठाडो सुरुङमा पेनस्टक पाइप राख्न भने चुनौतीपूर्ण मानिएको छ । हाल सम्म ४ वटा मात्र पेनस्टक पाइप राखेको तामाकोशी जलबिद्युत आयोजनाका प्रवत्ता डाक्टर गणेश न्यौपानेले स्वीकारेकाछन ।
अहिले तल्लो सुरुङमा पेनस्टक पाइप जडान एन्ड्रिज हाइड्रो र माथिल्लो सुरुङमा भारतीय कम्पनीले टेक्सम्याकोले गरिरहेको छ  । तल्लो सुरुङमा पेनस्टक पाइप जडान गर्ने क्रममा क्रेनको तार चुँडिएको हो । आयोजनाको माथिल्लो र तल्लो पेनस्टक साफ्टमा पेनस्टक पाइप जडान गर्नुपर्नेछ । ५ मिटर लम्बाइ भएका एउटा पाइपको तौल २७ टन हुन्छ  । सुरुङभित्र पाइप जडानका लागि क्रेन जडान गरिएको थियो । ठाडो सुरुङ र पावर हाउस जोड्ने गरी वेन्ड पेनस्टक पाइप भने जडान भइसकेको छ । माथिल्लो पेनस्टक साफ्टमा पनि भारतीय कम्पनी टेक्सम्याकोले वेन्ड पाइप जडान भइरहेको छ। आयोजनाको अब मुख्य काम भनेको पेनस्टक पाइप जडान मात्र होआयोजनामा पेनस्टक पाइप जडानसहित हाइड्रोमेकानिकल कामको जिम्मा भारतीय कम्पनी टेक्सम्याकोले पाएको थियो ।
भारतीय कम्पनीले काममा ढिलाइ गरेपछि आधा कामको जिम्मा एन्ड्रिज हाइड्रोलाई दिइएको आयोजनाले जनाएको छ  । आयोजना, टेक्सम्याको र एन्ड्रिजबीच २०७५ पुस २३ मा पेनस्टक पाइपको काममिलेर गर्ने गरी त्रिपक्षीय सम्झौता भएको थियो । आयोजनाको तल्लोपेनस्टक पाइप ३ सय ७३ मिटर र माथिल्लो ३ सय १० मिटर ठाडो सुरुङ छ आयोजनाको निर्माण गत पुसमा सक्ने लक्ष्य लिइएको भए पनि ठेकेदारकम्पनीको ढिलाइ कारण आगामी पुसमा पहिलो युनिटबाट विद्युत् उत्पादनको लक्ष्यसहित नयाँ तालिका निर्धारण गरिएको छ ।
यस्तै ३ सय १० मिटर लामो माथिल्लो भर्टिकल साफ्टमा लट २ को भारतीय ठेकेदार कम्पनी टेक्स म्याको रेल्वे इन्जिनियरिङले पाइप जडानको काम शरु गरेको डेढ महिनाको अवधिमा साँढे ४७ मिटर मात्र पेनस्टक पाईप जडान हुनुले काममा ढिलाई भइरहेको जस्तो देखिए पनि पेनस्टक पाईप जडानको क्रम बढ्दै जाँदा कामको गतिमा बृद्धि हुने प्रबक्ता न्यौपानेले दाबि गरे । तर यही गतिले अझै दुइ बर्ष लाग्ने छ ।
२०६५ चैतमा आयोजनाका लागि ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान तयार गरिएको थियो . तर अन्र्तराष्ट्रिय मुद्रामा भएको मूल्य वृद्धि, समय लम्बिदाको खर्च, व्याज सहित आयोजना पूरा हुँदा लागत दोब्बर हुने अनुमान गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *