दीपशंकर चौलागाई । अनलाइन सेवा सुरु गरे पछि मालपोत कार्यालय दोलखाले गत आर्थिक बर्षको भन्दा ०७५ /७६ मा १० प्रतिशतले राजश्व कमी संकलन गरेको छ ।
सबै दक्ष कर्मचारी नभएको, समय समयमा सरर्व नचल्दा कामको तिब्रतामा कमी आएको कारण राजश्व संकलनमा १० प्रतिशतले घटेको हो ।
‘अनलाइन सेवामा सरर्वको सुस्तगतिका कारण मालपोत कार्यालयले ४ करोड राजस्व आ ब ०७५/०७६ मा संकलन गरेको छ, यो बिगतको आ व भन्दा १० प्रतिशतले कमी छ ।’मालपोत कार्यालयको खरिदार मुरारी दुलालले बताउनु भयो ।
खरिदार दुलालले भन्नु भयो ‘ मालपोत कार्यालय दोलखाले ४ करोड ८५ लाख १२ हजार ५ सय ४६ रुपैया राजश्व संकलन गरेकोे छ । ’
०७५/७६ मा सबै भन्दा बढी राजिनामा पास बाट राजश्व संकलन गरेको कार्यालय प्रमुख खड्ग बहादुर कार्कीले बताउनु भयो । कार्यालय प्रमुख कार्कीले भन्नु हुन्छ “२ हजार ५ सय ६२ राजिनामा पासबाट ३ करोड १२ लाख र छोडपत्रबाट २५ लाख ५ हजार ५ सय ९० रुपैया राजश्व संकलन गरेकोका छौ ।”
एक बर्षमा २ सय १३ वटा अंशबण्डा गरेको कार्यालय ले जनाएको छ । शेष पछिको बकस पत्रबाट ९६ हजार र हालको बकस पत्रबाट २५लाख हजार सय राजश्व संकलन गरेको कार्यालय प्रमुख कार्की बताउनुभयो ।
Leave a Reply