पहिरो नै कालको रुप बन्यो खड्का परिवारमा

 पब्लिक संवाददाता      आइतवार, साउन १९, २०७६      0

दीपशंकर चौलागाई  । हजुर बा र नातीको लागी पहिरो नै काल बन्यो । दोलखाको गौरिशंकर गाउँपालिका १ का पुष्कर खड्काको चार बर्ष अघि र नाती निशान खड्का को गत शुक्रबार राती जुगुँ पहिरोमा परि मृत्यू भएको छ ।
“एकै ठाउँमा नाती बाजेको मृत्यू भएको छ । ” स्थानिय युवा दिल बहादुर केसीले भन्नु भयो ‘पहिरो नै कालको रुप बन्यो खड्का परिवारमा ।’ तत्कालिन नेपाल कम्प्यूनिष्ट पार्टी एमालेका नेता हुन पुष्कर खड्का ।
“लोकप्रिय समाजसेवि व्यक्तित्व भएका कारण स्थानिय निर्वाचनमा गाउँपालिका प्रमुखको टिकट र्निविवादरुपमा एमालेले दिन सक्ने सहजरुपमा अनुमान राजनैतिक बृत नचलेको भने होइन तर अकालमै मृत्यु भयो ।” हाल निर्वाचित गौरिशंकर गाउपालिका उपप्रमुख उर्मिला थामी (केसी) भन्नु भयो ।
नाती निशान खड्का गैरी र उखुबारीको बिचमा रहेको खहरेमा आएको बाढी फसेका यात्रुलाई उद्धार गर्न जाँदा खोलाले बगाई पहिरोमा पुरि बेपत्ता भएको गाउँपालिका उपप्रमुख थामीले बताउनुभयो । मानविय क्षतिका साथै भौतिक क्षति धेरै भएको छ । नागरिकको उदार र सेवा अहौरात्र खटरिहेको र गौरिशंकर गाउपालिकाले जस्तो सुकै मुल्य चुकाएर पनि पूर्न स्थापनाको लागी लागीपरि रहने उपप्रमुख थामी (केसी)ले प्रतिबद्धता जाहेर गर्नुभयो ।
झगडेधारो सम्म आइपुगेको पहिरोको छिर्का त्यहाँभन्दा तल्लो बस्ती बिरम्सीसम्म पर्न थालेपछि बिरम्सीका मानिसहरु समेत राति नै भागेर बाँचेको उपप्रमुख थामी (केसी) यर्थाथता बताउनुभयो । भाग्ने क्रममा बिरम्सीका ५५ वर्षिया जगतबहादुर खत्री पनि पहिरोमा बेपत्ता भए । अहिले झगडेधारोका २१ परिवार बिचल्लीमा उनहिरुको उदार गरिरहेको उपप्रमुख थामी (केसी)ले जानकारी दिनुभयो ।
जनपथ प्रहरी , ससस्त्र प्रहरी र स्थानियहरु दुइ दिन देखी खोजी कार्यमा खटिरहेकाछन तर उनीहरुको शव भेट्न नसकेको गौरिशंकर गाउपालिकाले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *