जुँगु पहिरोमा दुइ जना बेपत्ता १० घर पुरिए

 पब्लिक संवाददाता      शनिबार, साउन १८, २०७६      0

दीपशंकर चौलागाई
गौरिशंकर गाउँपालि १ जुँगुको पहिरोमा परि दुइ जना बेपत्ता हुनुका साथै १० भन्दा बढी घर पुरिएका छन्।
गए राति जुँगु स्थित च्यासेभीरको तीन ठाउँबाट झगडेधारो गाउँतर्फ झरेको पहिरोले झगडेधारोका १० घर पुरिएको स्थानिय शिक्षक रोशन कुमार कार्कीले जानकारी दिए।
कार्कीका अनुसार झगडेधारोका २२ घर मध्ये १० घर पुरिएका छन् भने १२ घरमा लेदो, ढुंगा माटो पसेको छ। राति १० बजेदेखि पहिरो आउँन थालेपछि गाउँका स्थानीय भागेर सुरक्षित स्थानतर्फ गएका थिए।
झगडेधारो सम्म आइपुगेको पहिरोको छिर्का त्यहाँभन्दा तल्लो बस्ती बिरम्सीसम्म पर्न थालेपछि बिरम्सीका मानिसहरु समेत राति नै भागेका थिए। भाग्ने क्रममा बिरम्सीका ५५ वर्षिया जगतबहादुर खत्री गएरातिदेखी नै वेपत्ता छन्। झगडेधारोका २१ परिवार बिचल्लीमा छन्।
गौरीशंकर गाउँपालिका २ को गैरी र उखुबारीको बिचमा रहेको खहरेमा आएको बाढी फसेको यात्रुबाहक बसका यात्रुलाई उद्धार गर्न गएका स्थानीय निशान खड्का समेत रातिदेखी नै वेपत्ता छन्। यात्रु बोकेर नाम्दु–क्षेत्रपा सडक हुँदै जुँगुका लागी हिडेको बस जुँगु खोलामा आएको बाढीमा फसेको थियो। प्रहरी र स्थानीयसंगै उद्धार गर्न पुगेका खड्का रातिदेखी नै वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय जनाएको छ् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *