पब्लिक संवाददाता
बुधबार, साउन १५, २०७६
0
दीपशंकर चौलागाई। अबिरल बर्षाको कारण पहिरोको जाँदा दोलखाको दुधपोखरीका मान बहादुर द्धय बिस्थापित भएका छन । शैलुङ गाउँपालिका १ दुधपोखरीका बिश्वकर्मा र घतानीका ढुङगा माटोले बनेको ४ ÷४ कोठे घरहरु पूर्णरुपले क्षति भएका छन ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सोही घर भित्र रहेका अन्नपात , लत्ताकपडा,भाँडावर्तन गरि करिब ८ लाखको बिश्वकर्माको र सात लाख घतानीको क्षति भएको ईलाका प्रहरी कार्यालय मागापौवाले जनाएको छ ।
प्रहरी नायव उपरिक्षक मान बहादुर राईले भन्नु भयो दुबै घर परिवार बिस्थापित भई आफन्तकोमा बस्न बाध्य भएका छन । पहिरोले सोही स्थानका मनकुमारी मगर,पदमलाल घतानी,मिनलाल घतानीको समेत १३ रोपनि बारी पुरिएको प्रहरी नायव उपरिक्षक राईले बताउनु भयो । उहाँले भन्नु भयो “पहिरोको कारण ३६ घरपरिवारका २ सय ५९ जना जोखिममा परेकाछन ।”
Leave a Reply