कहाली लाग्दो बन्यो दोलखामा सम्बन्ध विच्छेद

 पब्लिक संवाददाता      बुधबार, साउन १५, २०७६      0

दोलखा १५ साउन । दोलखामा पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढेको छ । जिल्ला अदालत दोलखाका अनुसार पछिल्लो एक वर्षको अवधिमा मात्रै डेढसय बढीले सम्बन्ध विच्छेद गरेका छन् ।
आर्थिक वर्ष २०७५÷७६ मा एकसय ५४ जनाले सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला अदालतका स्रेष्तेदार सुमनप्रसाद कुसवाहाले बताए ।
उहाँले भन्नु भयो “ गत आर्थिक वर्षको भदौदेखि श्रीमानले श्रीमती विरुद्ध सम्बन्ध विच्छेदको मुद्दा लगाउन पाउने कानुनी व्यवस्था बनेकाले पछि दोलखा जिल्लामा मुद्दाको सङ्ख्या ५० प्रतिशतले बृद्धी भएको हो ।
९६ बटा मुद्दा यसै बर्ष फर्छ्र्यौट भएको र ५८ वटा प्रकयामा रहेको स्रेष्तेदार कुसवाहाले जानकारी दिए । “करिब ६७ जना पुरुष वादी (निवेदक) रहेका छन् ।”उनले भने ।
सम्बन्ध विच्छेदसम्बन्धी मुद्दामा बैदेशिक रोजगार एक मुख्य कारण भएको स्रेष्तेदार कुसवाहाको दाबि थियो । उहाँ भन्नु हुन्छ अधिकांश महिलाले सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा दर्ता गर्दा घरायसी झगडा हुन गरेको, श्रीमानले हेला गरेको भनी लिखितमा मुद्दा दर्ता भएपनि घरायसी झगडा र बैदेशिक रोजगार नै सम्बन्ध विच्छेदको कारण बन्ने गरेको पाइएको छ ।
झगडा वा पारिवारिक बेमेलबाट छुटकारा पाउनका लागि श्रीमतीले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराई हाल्ने प्रचलन बढ्दै गएको कानुन व्यवसायी बताउँछन् ।श्रीमान वादी (निवेदक) रहेको सम्बन्ध विच्छेद मुद्दामा श्रीमतीले आपूmखुसी व्यवहार गर्ने गरेको, खाना खुवाउनेदेखि अन्य काम व्यवहारमा सहयोग नगरेको, सँगै नबसेको जस्ता विषयहरु उल्लेख गर्ने गरिका छन् ।
वैदेशिक रोजगारमा रहेकाहरुको श्रीमती बालबच्चा बढाउने नाउमा बजारतिर बस्ने गरेका र बजार छिरेपछि विस्तारै उनीहरुको परपुरुषसँग सम्बन्ध विस्तार हुँदै जाने गरेको पाइएको छ । सोही परपुरुषको सम्बन्धका कारण श्रीमान स्वदेश फर्कने बित्तिकै श्रीमतीले अदालतमा सम्बन्ध विच्छेदको मद्दा लगाउने गरेको पाइएको कानुन व्यवसायीहरु बताउँछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *