यस्तो मत राख्छन तामाकोशी ३ जनसरोकार समिती दोलखाका अध्यक्ष छविलामा

 पब्लिक संवाददाता      बुधबार, साउन १५, २०७६      0

दीपशंकर चौलागाई । आयोजना टिबिआई होल्डिङले गोप्य रुपमा चिनिया लगानिकर्ताहरुसग संभावित क्षमतालाई घटाएर २०० मेघावाटमा सम्झौता गरेको जनसरोकार समिती दोलखाले जनाएको छ ।
०७६ श्रावण ०८ मा टिबिआइ होल्डिङ्ले गोप्य रुपमा चिनियां लगानीकर्ताहरु सग संभावित क्षमतालाई घटाइ सम्झौता गरेको हो ।
उर्जामन्त्रीको उपस्थितिमा साउन ०८ सम्झौता गरेको सार्वाजानिक भएपछि तामाकोशी ३ जनसरोकार समिती दोलखालका अध्यक्ष छविलामा द्धारा एक विज्ञप्ती जारी गरि तत्काल निर्णय सच्चाई दोलखाली जनता मात्र नभई सम्पूर्ण नागरिकको पक्षमा निर्यर्ण गर्न अनुरोध गरेको छ ।
“टिबिआइलाईनै उर्जामन्त्रि बर्षमान पुनको उपस्थितिमा केको आधारमा क्षमता घटाएर ०७६ साउन ०८ मा २०० मे.वा. स्विकृत गरेर चिनिया लगानिकर्ताहरु संग द्विपक्षिय हस्ताक्षर भयो ? यसमा अनियमितताको गन्ध समेत पक्कै आउछ । ” जनसरोकार समितीका अध्यक्ष लामाले भने ।
तामाकोशी ३ जलविद्युत आयोजना दोलखाको सिंगटि बजार देखि किर्नेटारको तामाकोशी पुलसम्म फैलिएको छ । लामाले भने ‘आयोजनाको संभाव्यता अध्ययनले क्षमता ६५० मे.वा देखि १३२० मे.वा. सम्म भएको देखिएको थियो ।’ केहि बर्ष अघि एस.एन पावर नर्वेले बिस्तृत संभाव्यता अध्ययन तयार गर्दा सार्वजनिक गरेको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनको सार्वजनिक सुनुवाइ अनुसार तामाकोश तिन, १३०० मे.वा. प्राविधिक रुपमा संभावित क्षमता भएको परियोजना हो लामाले दाबि छ ।
अर्ध जलाशययुक्त तामाकोशी ३ जलविद्युत आयोजनाले कालिञ्चोक गाउपालिका,भिमेश्वर नगरपालिका,बैतेश्वर गाउपालिका र तामाकोशी गाउपालिकाका केहि क्षेत्रहरुलाई ओगट्ने छ । आयोजना बनाउदा डुबान हुने साबिक गाबिसहरु लामीडाडा,जुगु,सुनखानी,क्षेत्रपा,नाम्दुका केहि क्षेत्रहरु र भिमेश्वर न.पा का केहि क्षेत्रहरु परेका छन ।सबै क्षेत्रहरु गरि जम्मा ४२४ हेक्टरको क्षेत्रफल डुबानमा पर्नेछ ।१०६ हेक्टर कृषि भुमि,१७६ हेक्टर बन र १५१ हेक्टर नदिले ओगटेको हुने छ । ८० घरधुरि र मानिसको संख्या ४२६ रहेको छ ।
बिस्तृत संभाव्यता अध्ययन अनुसार आयोजनाको क्षमता ६५० मे.वा,बार्षिक बिद्युत उत्पादन २३०० गि.वा.आ,डिजाइन प्रवाह घनमिटर प्रति सेकेण्ड,बांधको उचाई ९६ मि.,लम्बाई ३५० मि. र जलाशयको लम्बाई १५.६ कि.मि हुनेछ (जुन फेवाताल भन्दा पनि ठुलो हुन आउछ)। यसरि बनेको जलाशयले बिद्युत उत्पादन गरेर उपभोग साथै बाह्य पर्यटन बिकासमा पनि टेवा पुग्ने थियो । जुन रुपमा दोलखा पर्यटकिय दृष्टिकोणमा उदाइरहेको छ त्यसले अझै उचाइ लिन सहयोग गर्ने थियो ।
निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलबिद्युत आयोजना(४५६ मे.वा)बाट देखिएको दोलखाको सकरात्मक बिकासबाट दोलखाबासीले बुझिसके कि यस किसिमका ठुला आयोजनाले बिद्युत उपभोग,ब्यापार मात्र हैन अन्य हरेक तवरको फाइदाहरु सम्पुर्ण नेपालीलेनै लिन सक्छन जुन कुरा संबृद्ध नेपाल निर्माणमै कोशेढुंगा साबित हुनेछ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *