दीपशंकर चौलागाई। तामाकोशी ३ जलविद्युत् आयोजनामा कम्युनिष्टहरूले दोलखाली जनता माथि गरेको धोका, छलकपट अन्याय एवं राष्ट्रघातका विरूद्ध नेपाली कांग्रेस दोलखा सशक्त आन्दोलनमा उत्रेको छ ।
तामाकोशी नदीमा नर्वे्जियन कम्पनी स्ट्यार्ट क्राफ्टले शुरुमा सम्भाव्यता अध्ययन र वातावरणिय तथा सामाजिक प्रभाव मुल्यांकन गरि ६ सय ५० मेगावाट बिद्युत उसैले उत्पादन गर्ने तयारी हुदा कमिसनको खेलमा कम्युनिष्ट सरकारले दोलखााली जनता माथि लात हानेले त्यसका बिरुद्ध आन्दोलन कांगे्रस उत्रिएको छ ।
चीनको वाईआईजी इन्टरनेसनल र सांघाई इन्भेस्टमेन्ट डिजाइन एन्ड रिचर्स इन्स्टिच्युट कर्पोरेसन लिमिटेड तथा टीबीआई होल्डिङ्स बिच बिहिबार काठमाण्डौमा भएको राष्ट्रघाती सम्झौता तत्काल खारेज गरी ६ सय ५० मेगावाट बिद्युत उत्पादन गर्ने सम्झौता गर्न नेपाली कांगै्रस दोलखाले सरकारकार संग जोडदार माग गरेको छ ।
“पानी माथि ओभानो बन्न सरकारका लठईतहरु राजधानी देखी जिल्ला सम्म लागी परिरहेकाछन । अधिनायवादी कम्युनिष्ट सरकारको चरित्र दोलखाली जनताले राम्रो संग बुझेकाछन । लठईतहरुका बिरुद्ध जनता उत्रर्ने छन ।” नेपाली कांगे्रस दोलखाका युवा नेता सन्तोष रिमाल चेतावानी दिए ।
नेपाली कांगे्रस दोलखाका सचिव समेत रहेका रिमालले भने ‘प्राकृती स्रोतको क्षमता घटाएर कमिशन र आर्थिक चलखेलमा ६ सय ५० मेगावाट बिद्युत उत्पादन हुन सक्ने आयोजनालाई २ सय मेगावाट झरी जर्बसस्ती बनाउने खोज्नेहरुका बिरुद्ध दोलखा कांगे्रस अन्तिम सम्म जनताको साथ लिए लडाई लड्ने छ ।’
होसियार, सरकारको लाज ढाक्न सरकारका मान्छेहरु जिल्लामा नाटक गर्दैछन तिमीहरुको नियत दोलखालीले बुझेकाछन उनले आक्रोस समेत ब्यक्त गरे ।
दोलखाको भाग्य र भविष्य संग जोडिएको ६ सय ५० मेगावाट क्षमताको तामाकोसी तेस्रो जलबिद्युत आयोजनाको क्षमता ह्वात्तै घटाएर प्रबद्र्धक कम्पनी टिबिआई होल्डीङले दुई ओटा चिनिया कम्पनी संग संयुक्त लगानीमा २ सय मेगावाट क्षमताको मात्र हुने गरी निर्माण गर्ने सम्झौता गरे पनि कांगे्रसले देशै भर आन्दोलनको आँधिबेरी ल्याउने सरकारलाई कांगे्रसले चेतावनी दिएको छ ।
उर्जा मन्त्री बर्षमान पुन र सरकारी अधिकारीहरुको उपस्थितीमा नेपाली प्रवद्र्धक कम्पनी र चिनिया कम्पनीहरु बिच सिंहदरबारमा गोप्य रुपले समझदारी पत्रमा हस्ताक्षर गराईनु वर्तमान सरकारको राष्ट्रघाती कदम रहेको ठहर दोलखा कांग्रेसले गरेको विज्ञप्तीमा उल्लेख छ ।
नेपाली कांगे्रस दोलखाका सचिव रिमाल द्धारा हस्ताक्ष्रित विज्ञप्तीमा स्टेट क्राफ्टलाई जलमाफियाहरुको मिलेमतोमा चन्दा असुलीका नाममा धाक धम्की दिई अन्त्यमा बिजुलीको बजार छैन भन्ने नाममा केही स्वार्थी तत्वहरुको चलखेलका कारण यो आयोजनाबाट हात झिक्न बाध्य पारिएको कुरा सबैमा विदितै भएको उल्लेख छ ।
५ सय मेगावाट माथिका आयोजना लगानी बोर्ड मार्फत कार्यान्वयन हुने कानुनी व्यवस्था हुदा हुँदै उर्जा मन्त्रालयले मोटो आर्थिक चलखेलमा टिबिआई होल्डीङसलाई विवादास्पद प्रक्रियाबाट अनुमती दिईनुले समेत उर्जामन्त्रालय र सरकारका मानिसहरुको भष्ट्राचार र कमिसनको नियत प्रष्ट बनेको दोलखा कांगे्रसको दाबि छ ।
यो प्रकरणमा भएको अनियमितता र आर्थिक चलखेलमा प्रत्यक्ष मुछिएका उर्जामन्त्री बर्षमान पुन सहित सिङ्गो उर्जा मन्त्रालय माथी संसदीय छानविन गर्नका लागी सम्मानित संसद समक्ष कांगे्रसले जोडदार माग गरेको छ ।
यो आयोजना बनेमा नेपालको जलबिद्युत विकासमा निकै फड्को मार्ने र सिंगटी देखी नागदह सम्म बन्ने बाँधस्थलको तालले दोलखाको पर्यटन विकासमा सघाउ पु¥याउने ठुलो अपेक्षा गरिएको थियो ।
Leave a Reply