कांगे्रसको आन्दोलन पछि प्रजिअको प्रतिबद्धता आवत जावत अबरुद्ध नगराउन १७ वटा डोजर,स्काभेटर

 पब्लिक संवाददाता      बिहिबार, साउन ९, २०७६      0

दीपशंकर चौलागाई। सिन्धुपाल्चोक जिल्लाको खाडीचौर देखी दोलखाको सदरमुकाम चरिकोट सम्मको सडक निमार्ण शनिबार देखी तिब्ररुपमा हुने जिल्ला प्रशासन दोलखाले जनाएको छ ।
आवाज जावत सम्म अबरुद्ध भएपछि नेपाली कांगे्रस दोलखाले नागरिकले यातायात सेवा नपाए जिल्ला बन्द सम्मको चेतावानी दिए पछि प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सो प्रतिबद्धता जाहेर गरेका हुन ।
प्रजिअले तत्काल सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी संग सम्पर्क गरि दुई दिन भित्र खाडीचौर देखी चरिकोट सम्मको सडक निमार्णको लागी १७ वटा डोजर,स्काभेटर लगायतका गाडी परिचालन गर्ने आश्वासन दिएको नेपाली कांगे्रस दोलखाका साभापति रुद्र बहादुर खड्काले बताए।
“नागरिकको पिडा नेपाली कांगे्रसले हेर्न सक्दैन, जनतालाई धेरै असुविधा भएपछि बाध्य भएर प्रमुख जिल्ल अधिकारी मार्फत प्रधानमन्त्रि ज्यूको आँखा खोल्न ज्ञापन पत्र बुझाएका हौ । ” पार्टी सभापति खड्काले भने ।
दुई तिहाइको दम्बले नेकपाको सरकारले जनताका मौलिक हक समेत खोसेको दाबि गर्दै पार्टी सचिव सन्तोष रिमालले भन्छन “स्वास्थ्य उपचारको लागी बिरामी लिएर गएका एम्बुलेसहरु बिच बाटो बाटै खर्किन बाध्य छन ।” निकम्मा छन दोलखा १० जना माननीय सभासदहरु,अब दोलखाली जनताको सेवा गर्छु भनेर जिल्लामा आएर मुख देखाउने हैसियत कसैको पनि नरहेको रिमालका दाबि रहेको छ ।
प्रमुख जिल्ला अधिकारीको आश्वासन पुरा नभए सात दिनको अल्टीमेटम दिएका छौ् झन कडा आन्दोलन गर्ने छौ, यो आन्दोलनले क–कसलाई बढाएर लानेछ, समयले देखाउछ, आका्रेसित मुद्रामा नेपाली कांगे्रस दोलखाका नेता बर्मा लामाले भने ।
लामा भन्छन “जनता प्रति उत्तरदायी बनी काम गर्दा सम्म नेपाली कांगे्रस चुप लागेर बस्छ, तर दोलखाली जनताको पिडामा जनप्रतिनिधिका नाममा मुखदर्शक बन्नेहरुलाई जनताको साथ लिएर प्रतिकार गर्न कांगे्रस पछि पर्दैन ।”
नेपाली कांगे्रस दोलखाका क्षेत्र नं २ का क्षेत्रिय सभापति जयराम श्रेष्ठले भने ‘गत साल सदरमुकाम चरिकोटमा नेपाली कांगे्रस दोलखाले दुई तिहाइ दम्ब भएको सरकारको लाचारी कार्यशैलीको बिरोधमा सडकमा धान रोपेका थियो ।’ अब कम्प्यूनिष्ट सरकारको अधिनायकवादी गतिबिधिको चिरफार गरि जनता सामु नङ्याउने छौ, श्रेष्ठको दाबि थियो ।
नारा जुलुसका साथ जिल्ला प्रशासन कार्यालय घेर्न पुगेका नेपाली कांगे्रसका नेता तथा कार्यकर्ताले स्थानिय प्रशासनलाइ सात दिने अल्टिमेटम लिखित तथा मौखित दिएकाछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *