पाठेघर पीडितको लागि अति उपयोगी बन्यो किट ब्याग

 पब्लिक संवाददाता      बुधबार, साउन ८, २०७६      0

दीपशंकर चौलागाई  / नेपालका अधिकांश महिलाहरु पाठेघर सम्बन्धी रोगबाट पीडित भएपछि बेलायत सरकारको सहयोगमा फ्रीडम किट् ब्याग संस्थाले दोलखामा महिलाहरुलाइ निशुल्क किट ब्याग बाँडेको छ ।
१५ देखी ४९ बर्ष भित्रका आमा दीदी बहिनीहरुमा योनी चिलाउने, पाठेघरको मुख दुःखने ,पाठेघर खस्ने र पाटेघरको क्यान्सर हुने जस्ता समस्याबाट धेरै नै प्रताडीत भएकोले त्यसबाट जोगाउन फ्रीडम किट् ब्याग संस्थाले निशुल्क किट ब्याग बाँडेको हो ।
तिन बर्ष अघि देखीको अनुसन्धानमा किट् ब्याग प्रयोग गर्ने महिलामा योनी चिलाउने, पाठेघरको मुख दुःखने ,पाठेघर खस्ने समस्यामा धेरै नै कमी भेटीएको चरिकोट प्रस्तावित अस्पतालका डाक्टर बिनोद दंगालले बताउनु भयो ।
दोलखा जिल्ला तिन बर्ष अघि भएपछि बेलायत सरकारको सहयोगमा फ्रीडम किट् ब्याग संस्थाले दोलखाका एक सय ६० जना महिलाहरुलाइ निशुल्क किट ब्याग बाँडेको थियो । उनीहरुको स्वास्थ्य चेकजाँच गर्दा यो समस्यामा अत्यन्तै न्यून देखीएको अनुसन्धानमा खटेका डाक्टर दंगालको भनाई रहेको छ ।
पाँचौं पटकमा गौरिशंकर बहुमुखी क्याम्पस चरिकोट र श्री पशुपति कन्या मन्दिर माध्यामिक बिद्यालय का छात्रा गरि १सय ६० जनालाई फ्रीडम किट ब्याग संस्थाले दोलखामा महिलाहरुलाइ निशुल्क किड् ब्याग बाँडेका संस्थाकी एमबेस्टर निर्मला श्रेष्ठले बताउनु भयो । बाताबरण संरक्षण तथा महिलाको स्वास्थ्मा केन्द्रीत भई देशका दोलखाका लगायत सिन्धुपाल्चोक काठमाण्डौ , रुकुम, रोल्पा ,डडेल्धुरा, अछाम, बाजुरा र तराइ का सबै जिल्लामाहरुमा फ्रीडम किट ब्याग संस्थाले महिलाहरुलाइ निशुल्क किड् ब्याग बाँड्दै जनचेतना जागृत गराउने कार्यक्रम गदै आएको संस्थाकी एमबेस्टर श्रेष्ठले जानकारी दिनु भयो ।
एउटा किट् ब्याग लाई राम्रो संग प्रयोग गरे कम्तीमा तिन बर्ष सम्म हुने श्रेष्ठले बताउनुभयो । एक किट ब्याग तयार गर्न कम्तीमा २ हजार लाग्ने उहाँको भनाई रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *