चार हजार घुस लिएको आरोपमा घरेलुका खरिदार पक्राउ

 पब्लिक संवाददाता      मङ्लबार, साउन ७, २०७६      0

चार हजार घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाको प्रहरी टोलीले घरेलु तथा साना उद्योग विकास समितीका खरिदार पुष्कर अधिकारीलाई पक्राउ गरेको छ ।
होटल दर्ता गर्न गएका बैैत्यश्वर गाउँपालिका ३ का कुमार श्रेष्ठ बाट चार हजार खरिदारले घुस लिएको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
२० हजार मागेको र पछि अरु पैसा दिने सर्तमा चारहजार दिएर काम गरेका श्रेष्ठले कार्यालय समय बाहिर प्रहरी लिएर उनी बस्ने कोठामा गएका थिए । खरिदार कार्याल भवन रहेको घरमा नै बस्ने हुदा प्रहरीले उनको कोठाबाट थप ६९ हजार ९ सय ५० रुपैया समेत बरामत गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका २ भकुण्डेवेसी घर भएका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय दोलखामा अनुसन्धानका लागी राखीएको प्रहरी निरिक्षक प्रदीप महतले बताएकाछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *