सय थुम्काको बरिपरि चक्रीय सडक निमार्ण हुदै ,नब्बे प्रतिशत ट्रयाक खोल्ने काम सम्पन्न

 पब्लिक संवाददाता      मङ्लबार, साउन ७, २०७६      0

दीपशंकर चौलागाई । पर्यटकीय क्षेत्र शैलङुगको थप विकासको लागी गाउँपालिकाले सय थुम्काको बरिपरि चक्रीय सडक निमार्ण गर्न ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ । आन्तरिक तथा बाह्य पर्यटको आगमनमा बृद्धि गर्ने उदेश्यले पिच सडक निमार्ण गर्न लागेको हो ।
सय वटा थुम्काका चारै तिर पिच सडक बनाइ आन्तरिक तथा बाह्य पर्यटको आगमनमा बृद्धी गर्ने उदेश्यले ९० प्रतिशत ट्रयाक खोल्ने काम सम्पन्न पुरा भएको शैलङुग गाउँपालिकाका अध्यक्ष भरत दुलाले बताउनु भयो ।
दुलाल भन्नु भयो गाउँपालिका कै पूँ्जिगत रकमको ५० प्रतिशत सडकमा खर्च गरेका छौ । अन्दाजी ५ करोड रुपैयाको शैलङुग गाउँपालिकाका मा सडक निामर्ण गरेको दुलालले दाबि गर्नु भयो ।
८ किलोमिटर सडक स्वालीङग, १ दशमलव ५० किलो मिटिर सडक सात मिटर चौडा समेत गरेको शैलङुग गाउँपालिका दुलालले जानकारी दिनु भयो । १६ दशमलव ५० किलो मिटिर सडक पिच गर्न ठेक्का निस्किसकेको छ । चक्रीय सडक निमार्णको लागी ३ वटा पुल मध्ये एउटा सकिएको दुई वटा सुरु गरि सकेको शैलङुग गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रत्यक वडामा आठ सय मिटरका दरले सडक सोलङिग गर्दै प्रधान मन्त्रि स्वारोजगार कार्यक्रम अन्तरगत दोलखा जिल्ला मै उत्कृट काम गरेको शैलुङग गाउँपालिकाले सय थुम्का लाई केन्द्र बिन्दु पारी चक्रवर्ती सडक निमार्ण गरेपछि यहाँका किसानहरुको जिवनस्तरमा परिर्वतन आउने छ शैलुङग गाउँपलिका ४ का युवा नेत्र मोक्तानले बताउनु भयो । मोक्तानले भन्नु हुन्छ सडकको सहज पुहुँच पुगेपछि यहाँ उत्पादीत तरकारी ,खाध्यबस्तुले बजार पाउने हुदा आर्थिक विकासका लागी चक्रवर्ती सडक कोशेढुङगा सावित हुने छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *