अख्तियारको फन्दामा दोलखाका जन–प्रतिनिधि(को को परे नामावाली सहित )

 पब्लिक संवाददाता      सोमवार, साउन ६, २०७६      0

दीपशंकर चौलागाई । दोलखाका दुइजना जन–प्रतिनिधिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्वाही गर्न सिफारिस गरेको छ ।
समयमा सम्पति बिवरण नबुझाएको भन्दै हाल निर्वाचित दुई जनालाई जनही रु ५ हजार जरिवान गरिएको पत्र शिक्षा बिकास तथा समन्वय इकाई दोलखामा पत्र पठाएको छ ।
गैरीशंकर गाउँपालिकाकी उपप्रमुख उर्मिला केसी र भीमेश्र नगपालिका वडा नं ७ का वडा अध्यक्ष कैलास कुमार श्रेष्ठले शिक्षक हुदा सम्पति बिवरण नबुझाएकोले कार्वाही स्वरुप अख्तियारले ५ हजार जरिवाना गरेको शिक्षा बिकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले बतनए ।
श्रेष्ठले भने “अवकास,मृत्यू,राजीनामा दिएका शिक्षकको बिवरण कर्मचारी किताब खाना ताहचलमा हुने हुदा किताब खानाको गैर जिम्मेवारीका कारण पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय मार्फत शिक्षा बिकास तथा समन्वय इकाईमा पत्र पठाएको हो ।”
जन प्रतिनिधिको मात्र नभई मृत्यू भई सकेका शिक्षकहरुको नाममा समेत अख्तीयार दुरुपयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जरिवानाको लागी पत्र किन पठाएको भन्ने प्रश्नमा शिक्षा बिकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठलेको कस्को मृत्यु भएको हो आफु अनविज्ञ रहेको बताएकाछन । भीमेश्वर नगरपालिका १ का शिक्षक बंकर शिवाकोटीको मृत्यु पाँच बर्ष अघि भइ सकेको पनि ५ हजार जरिवानाका लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र पठाएको छ ।
सम्पति बिवरण समयमा पेश नगर्ने शिक्षक तथा कर्मचारीलाई कार्वाही स्वारुप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार जरिवान गर्ने नियम रहेको बताउदै श्रेष्ठले भने “आर्थिक बर्ष सम्पन्न भएको ६० दिन भित्र अर्थात प्रत्य्क बर्षको भदौ २८ गते भित्र सम्पति बिवरण पेश गरिसक्नु पर्छ । ”
उनी भन्छन शिक्ष्कले जागरि छोडे पनि त्यही आर्थिक बर्षको पनि सम्पति बिवरण बुझाउनु पर्छ, अधिकांश शिक्षक अहिले यो समस्या आएको हो । सम्वत उर्मिला मेडम र कैलाश सरको पनि यही समस्या हुनु पर्छ श्रेष्ठले भने । उहाँहरु समेत १सय ८ जनालाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र पठाएको शिक्षा बिकास तथा समन्वय इकाई दोलखाले जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *