भुमिहिनलाई एक रोपणी जग्गाको लालपुर्जा वितरण,अब घर बनाइ दिने तामाकोशी गाउँपालिको घोषणा

 पब्लिक संवाददाता      सोमवार, साउन ६, २०७६      0

सौह्र लाख पचास हजारको जग्गा खरीद गरी तामाकोसी गाँउपालिकाले ११ जना भूमिहिन विपन्न परिवारलाई जग्गाको लालपुर्जा वितरण गरेको छ ।
भुमिहिन ११ जनालाई उनीहरु बसेकै ठाँउ या उनीहरुलाई पायक पर्ने ठाँउमा जग्गा हेर्न लगाई एक लाख ५० हजार बराबरको जग्गा खरीद गरी लालपुर्जा दिएको छ ।
गाँउपालिकाले उपलब्ध गराएको रकमले एउटा परिवारलाई कम्तिमा एक रोपनी जग्गा किन्न पुगको तामाकोशी गाँउपालिका प्रमुख इश्वरचन्द्र पोखरेलले बताउनु भयो ।
उहाँले भन्नु भयो गाँउपालिकामा पहिचान गरेको १९ जना भुमिहिन छन, बाँकी ८ जना सम्पर्कमा आएकाछैन । घर बनाउन नसक्ने भुमिहिनलाई गाउँपालिकले भुकम्पको अनुदान रकमको लागि प्रयत्न गरिदिने र त्यो सम्भव नभए गाँउपालिकाले नै घर निर्माण गरिदिने गाँउपालिका प्रमुख पोखरेलले जानकारी दिनु भयो ।
गाउँपालिकाकाले भूमिहिनहरु वडा नम्वर १ भीरकोटका शान्त तमाङ, सन्देश तमाङ, मंगलसिंह तमाङ र मिङमार लामा, वडा नम्वर २ का भिमबहादुर भुजेल, वडा नम्वर ३ का विन्दा सार्की, दिपेश वसेल, भक्त भुजेल, राजु खत्री, सुन्दरी सर्कीनी र रामप्रसाद पोखरेल तथा वडा नम्वर ४ का ज्ञानु रोक्कालाई जग्गाको लालपुर्जा वितरण गरेको गाँउपालिका प्रमुख पोखरेलले बताउनुभयो ।
तामाकोसी गाँउपालिकाले बृद्ध बुबा आमालाई राम्रोसंग हेरचाह गर्ने असल छोरा बुहारी तथा विवाह नगरी बसेको छोरीलाई समेत गरि गाउँपालिकाले दरले २७ जोडिलाई पाँच हजार नगद सहित सम्मान गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *