दोलखा ५ साउन । माथिल्लोे तामाकोशी जलबिद्युत आयोजनाले प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुराउने उदेश्यका साथ एम्बुलेन्स बितरण गरिएको छ । एम्बुलेन्समा प्राथामिक उपचारका सामाग्री, एक बिरामी शैया,नर्स र बिरामी कुरुवाका लागी छुट छुटै सिट रहेको छ ।
माथिल्लो तामाकोशी आयोजना निमार्णको लागी अनुमानित रकमको दोब्बर खर्च हुने अवस्था आएपछि आयोजना सम्पन्न हुने लागेपछि जनताको आँखामा छारो हाल्न चार करोड आठ लाखको मूल्य एउटा एमबुलेन्स बितरण गरेको नागरिक समाजको दाबिको छ ।
महंगो एम्बुलेन्स समुदायलाई हस्तान्तरण गर्न आयोजनाले कुशल राष्ट्रसेबक नेपाल बिद्युत प्राधिकारणका निर्देशक कुलमान घिसिङलाई बोलाएको थियो । एम्बुलेन्स पाउने भएपछि बिगु, गौरिशंकर, कालिञ्चोक गाउँपालिका जनप्रतिनिधिहरु दंग भए ।
आयोजनाका कर्मचारीले एउटा गोलीले दुई वटा शिकार गरेको नत कुलमानले बुझे नत स्थानिय जनप्रतिनिधिहरुले नागरिक समाजका अगुवाहरु राजेश बस्नेतले भने “आयोजना निमार्णमा भएको आर्थिक अनियमिकताको ढाँकछोप एउटा नमुना अहिलेको नाटक हो ।”
बिभिन्न बाहाना बनाई जनताले तिरेको राजश्वबाट तलब खाने कर्मचारीको आर्थिक दरिद्र शोचका कारण चरम चुलीमा पुगेको माथिल्लो तामाकोशी आयोजना निमार्णको लागत बिरुद्ध जनस्तरबाट आवाज निस्कन लागेको अबस्था हेरी आयोजनाले चलाखीपूर्ण काम गरेको आरोप नागरिक समाजका अर्का अगुवा डि यम जिरेलको छ ।
Leave a Reply