दीपशंकर चौलागाई । दोलखा जिल्लामा १४ हजार ९ सय ४२ निजी आवास पुनर्निर्माण हुन सकेनन । स्थानिय जनप्रतिनिधि र प्राविधिक कर्मचारीका कारण लाभग्राही सूचीमा परेका ७२ हजार ८ सय १९ मध्ये ५७ हजार ८ सय ७७ लाभग्राहीले तेस्रो किस्ता लिएका छन् ।
अनुदान सम्झौता जिल्लाको सूचीमा दोलखा पहिलो भए पनि धेरै दोलखाली भुकम्प पिडितले स्थानिय जनप्रतिनिधि र प्राविधिकको कारण आवास निमार्ण गरे पनि तेस्रो किस्ता लिन नसकेको बताएकाछन ।
भिमेश्वर नगरपालिका वडा नं ४ का कृष्ण प्रसाद घिमिरेले भने आवास निमार्ण गरे पनि प्राविधिकका कारण बल्लबल तेस्रो किस्ता लिएको गुनासो गर्नुभयो । प्राविधिले घर निमार्ण गर्दा हेररे पनि किस्ता लिने बेलामा घरको पिलर बाँगो भनेर अड्काएर धेरै समय दुख दिएको घिमिरेले बताउनु भयो । घिमिरे एक प्रतिनिधि पात्र मात्र हुन हजारौले यो पीडा भोग्नु परेको छ ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल सम्झौता गरेका लाभग्राहीको संख्याको ८४ दशमलव ४० प्रतिशतले घर बनाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण चरिकोटका प्रमुख गणेश अर्यालले बताउनु भयो । उनले २० हजार जना भुकम्प पिडित तेस्रो किस्ता लिन नआएको स्वीकार्नु भयो ।
लाभग्राही सूचीमा परेका ७२ हजार ८ सय १९ मध्ये ६८ हजार ५ सय ६९ जनाले अनुदान सम्झौता गरेको समेत उहाँले बताउनु भयो । लाभग्राहीदेखि भवन निर्माण डिभिजन सम्मको बीचमा हुने कमजोरी पत्ता लगाएर काम अगाडि बढाएका कारण दोलखाको पुनर्निर्माण सन्तोषजनक भएकोमा कार्यालय प्रमुख अर्यालले दाबि गर्नुभयो ।
जिल्लाका ५८ हजार ९ सय ७४ लाभग्राहीले दोस्रो किस्ता प्राप्त गरिसकेका छन्। घर निर्माण सम्पन्न गरी वा छानो छाउने तहसम्म र्पुयाएका लाभग्राहीले तेस्रो (अन्तिम) किस्ता भुक्तानी पाउने गरेका छन्।
कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखाका अनुसार १७ अर्ब ५ करोड २१ लाख रुपैयाँ भुक्तानी भइसकेको जनाएको छ ।
Leave a Reply