केन्द्रीकृत र एकात्मक राज्य ब्यबस्थाले सृजना गरेका विभेद र उत्पीडनको अन्त्य हुदै गएको छ – बिश्वकर्मा

 पब्लिक संवाददाता      शनिबार, असार १४, २०७६      0

दीपशंकर चौलागाई  । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मिन बिश्वकर्माले मुलुकमा सामन्ती,निरङकुश,केन्द्रीकृत र एकात्मक राज्य ब्यबस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य हुदै गएकोे बताएकाछन ।
मुलुकाको विविधताको सम्मान, छुवाछुतको अन्त्य गर्दै आर्थिक समानता,समृद्धी र समाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामुलक अवस्थाकोे खाँचो परेको बिश्वर्माले दाबि गरेकाछन ।
राष्टिय मानव अधिकार आयोग ऐन ,२०६८ लाई संशोधन गर्न बनेको बिद्येयक बारे टाउन हल मिटिङमा अध्यक्षता गर्दै दोलखाको सदरमुकाम चरिकोटमा नेपाल सरकारका पुर्व बाणिज्य मन्त्रि समेत भएका बिश्वकर्माले सो बताएका ह्न ।
नेता बिश्वकर्माले मानब अधिकारको बिद्येक कस्तो ल्याएर नागरिकको निर्भिक भएर बाँच्न पाउने अधिकारको सुनिश्चित गर्ने भन्ने जिम्मेवारी सत्ता पक्षको बढी हुने हुदा उनीहरुलाई सल्लाह दिन र प्राप्त सुझाव प्रतिपक्षले संकलन गरेको समेत बताउनुभयो ।
सरकारले बनाएको कानून , न्याय तथा मानब अधिकार समितीको सदस्य माननीय सभासद पदम गिरीले राष्ट्रिय मानव अधिकार आयोग ऐन ,२०६८ लाई संशोधन गर्न बनेको बिद्येयकमा नागरिकका अधिकार संरक्षण गर्न कस्ता आवाज समावेस गर्नु पर्ने हो सुझाव लिन गाँउ गाँउ बस्ती यस्तो कार्यक्रम राखेको प्रष्ट पारे ।
जनताका सुझाव हुबहु सदनमा लिएर जाने समेत माननीय भासद गिरीले प्रतिबद्धतता जाहेर गरे ।
कानून ,न्याय तथा मानवअधिकार समिति,प्रतिनिधिसभा र नेपाल कानून समाज द्धारा आयोजित टाउन हल मिटिङमा जिल्लाका जनप्रतिधिहरु, सरकारी कार्यालय प्रमुख ,राजनिति दलका प्रमुख ,प्रतिनिधि ,नागरिका समाजका अगुवा , सर्वसाधरण नागरिक र संचारकमीएहरुको बाक्लो उपस्थिती रहेको थियो । जिल्लामा टाउन हल मिटिङ राख्न अधिबक्ता श्याम मास्केले समन्वय गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *