ए गे्रडमा जिल्लामै बढी संख्या उत्रिर्ण गराउन सफल द राइजिङ स्टारमा यस बर्ष ११ कक्षा संचालन हुने

 पब्लिक संवाददाता      शुक्रबार, असार १३, २०७६      0

दीपशंकर चौलागाई  । जिल्लाको उत्कृष्ठ शिक्षण सिकाउने निजि विद्यालय द राइजिङ स्टार बोडिङ स्कुलले यही शैक्षिक सत्र बाट कक्षा ११ संचालन गर्ने भएको छ ।
ब्यवस्थापन तर्फका अनिवार्य र ऐच्छिक विषयमा लेखा शास्त्र ,अर्थशास्त्र, ब्यवसायिक अध्यान,कम्प्युटर,होटल ब्यवस्थापन र गणित बिषयको पढाइ हुने अनुमति लिएको छ ।
भीमेश्वर नगरपालिकाको आधारभूत तथा माध्यामिक शिक्षा ऐन २०७४ को दफा ६को उपदफा ३ अनुसार कक्षा ११ मा ब्यबस्थापन बिषय अध्यापन गराउने गरि अनुमती दिएको भीमेश्वर नगरपालिका का प्रमुख प्रशाासकीय अधिकृत मान बहादुर खड्काले बताउनुभयो ।
द राइजिङ स्टार बोडिङ स्कुलले दोलखा जिल्लाको शैक्षिक क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरेकोछ । विद्याल सन १९९८ देखी संचालनमा आएको र यस बर्ष देखी कक्ष ११ को पढाई सुरु गर्न अनुमती लिएको द राइजिङ स्टार बोडिङ स्कुलका प्रिन्सीपल उपेन्द्र अधिकारीले बताउनु भयो ।
जिल्लाकै बढी बिद्यार्थी संख्या रहेको यस बिद्यालयमा हाल पनि कक्षा १० सम्म ११ सय को संख्यामा बिद्यार्थी रहेकाछन ।
यस निजि बिद्यालयले बिगतमा भएका एस एल सी र एस ई ई परिक्षमा उच्च स्थानमा रिजल्ट ल्याइ जिल्लामा रेकर्ड राख्दै आएको छ । यस बर्ष जिल्ला भरिमा ए गे्रडमा बढी संख्यामा बिद्यार्थी उत्रिर्ण गर्न सफल भएको छ । ३ दशमलव७० सम्म अंक ल्याएको प्रिन्सीपल अधिकारीले जानकारी दिनुभयो । “ए गे्रडमा २३ जना उत्रिर्ण भएकोले संभवत यो जिल्लामा सबै भन्दा बढी हुनु पर्छ । ” द राइजिङ स्टार बोडिङ स्कुलका प्रिन्सीपल अधिकारीले दाबि गर्नु भयो । बि पलस मा २५ र बि मा ९ जना गरि ५८ जना नै उत्रिर्ण भएका छन । बालमैत्रि शिक्षणका कारण यस विद्यालयमा विद्यार्थीको भीड लागेको हो ।
शिक्षामा मात्र नभइ खेलकुद, नृत्य र संगीतको क्षेत्रमा समेत उत्कृष्ठता देखाउने यस बिद्यालयमा छोरा छोरी पढाउदा आफु चित बुझेको कक्षा ४ मा अध्यानरत बिद्यार्थी सुमिता श्रेष्ठकी आमा बिना श्रेष्ठले बताउनुभयो ।
अर्का अभिभावक सिन्धुपाल्चोक फेदा गाँउकी सुमित्रा लामाले भन्नु भयो “मेरो छोरी प्रेंका तमाङ कक्षा आठ पढ्छिन ,घरमा पनि अनुशासित भएर काम सधाएर सधै राम्रो अंक ल्याइ पढेको छ ,संकार समेत सिकाउने राइजिङ स्टार बोडिङ लाई धन्यावाद भन्छु ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *