
दीपशंकर चौलागाई । भुकम्पीय आवास पून निमार्णमा जिल्लाका ७४ वडा मध्ये तामाकोशी गाउँपालिकाको ३ नं वडा उत्कृष्ठ भएको छ ।
भुकम्प आवास पुननिर्माणमा उत्कृष्ट कार्य गरेबापत वडा अध्यक्ष रामप्रसाद काफ्ले सम्मानित भएका हुन ।
निजि आवास निर्माण तर्फ जिल्ला भित्रका वडाहरु मध्ये तेस्रो किस्ता बितरणमा अधिकतम प्रगती हासिल गरेकोले चौथो गोरखा भुकम्प स्मृति दिबस २०७६ को अबसरमा सम्मानित गरिएको आयोजना कार्यान्वयन इकाइ दोलखाले जनाएको छ । उनी गाउँपालिका बाट पाउने सेवा सुबिधा बापतको तलब र यातायातको सुबिधा नलिने वडा अध्यक्ष हुन।
आफू कर्मचारी हुदा पनि निस्वार्थ जनताको सहयोगमा लागेको र अहिले पनि जनता काममा कुनै पनि कमि हुन नदिई काफ्लेले काम गरेको स्थानियवासीहरु बताउँछन ।आफु सम्मानित हुदा आफ्नो सिङ्गो वडा सम्मानित भएको महुसस गरेको उनले प्रतिक्रिया दिएकाछन ।
उनी नेपाली काँगेसका जिल्ला स्तरिय नेता समेत हुन ।
Leave a Reply