दीपशंकर चौलागाई। भीमेश्वर नगरले भित्रका ९ वटै वडामा जेष्ठ नागरिक आरोग्य केन्द्र भवन निमार्ण गर्ने भएको छ ।
जेष्ठ नागरिक कुनै पनि मानशिक पिडाबाट प्रताडीत नहोस भन्ने उदेश्यका साथ भीमेश्वर नगरपालिकाले भित्रका ९ वटै वडामा आरोग्य केन्द्र बनाई सेवा गर्ने निति ल्याएको हो ।
महिला, बालबालिका, जेष्ठ नागरिक,दलित ,जनजाति र अपाङगता भएका नागरिकलाइ सशक्तिकरणको लागी नयाँ योजना बनाई नगरले काम गर्ने भीमेश्वर नपालिकाका मेयर भरत केसीले बताए ।
उनले भने जेष्ठ नागरिकलाई मात्र नभइ बालबालिहरुको क्षेत्रमा समेत पुंजिगत खर्चको कम्तिमा १५ प्रतिशत बजेटको सुनिश्चित गर्ने छौ। बालश्रम निवारण गर्दै संकटमा परेको बालबालिका र ंिहसा पिडित महिलाहरुको लाई सुरक्षाको ब्यवस्था समेत मिलाउने गरी निति तथा कार्यक्रम ल्याएको मेयर केसी दाबि गरे ।
९ वटै वडाका महिला हिंसा,जातिय भेदभाव, छुवाछुत र मानव बेचबिखान विरुद्धको अभियान संचालजन गर्ने केसी बताए । उनले भने विपन्न महिला,दलित, जनजाति, अपाङगता भएका व्यक्तिीको लागी भीमेश्वर नगरपालिकाले लघु उद्यम कार्यक्रम समेत संचालन गरिने छ ।
Leave a Reply