दीपशंकर चौलागाई। युवा समाजसेवि (मनबिर) कमल चौहानले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालबालिका रअन्यायमा परि न्यायको खोजी गरि रहेका पिडित नागरिकलाई बिभिन्न सामाग्री सहित खाद्यान्न सहयोग गरेकाछन ।
गौरी शङ्कर बाल गृहका ३१ जना वालवालिकालाई चाउचाउ ,विस्कोट,साबुन ,कचौरा ,डट्पेन लगायतका सामाग्री र अन्यायमा परि न्यायको खोजी गरि बास बसीरहेको आवाज नेपालको स्नेह केन्द्रमा बिभिन्न सामाग्री सहित खाद्यान्न सहयोग गरेकोछन ।
उनले आजै एक कार्यक्रमको बिच नेपाल पत्रकार महासघं दोलखाको भवन निर्माणका लागि १५हजार ५सय ५५रुपिया सहयोग गरेको नेपाल पत्रकार महासघं दोलखाका अध्यक्ष जिबन लामाले बताएकाछन ।
रामेछापा जिल्ला फुलासी स्थायी घर भएका चौहान आप्mनो ब्यापार र ब्यवासाय दोलखा जिल्लालाई केन्द्र बिन्दु बनाएर संचालान गर्दै आयो करिब २० बर्ष भएको छ । उनले दोलखा जिल्लावासीलाई अप्ठ्योरो पर्दा बिभिन्न समयमा सहयोग गरेको नागरिक अगुवा चिरञ्जीवी मास्केले बताए । दोलखा जिल्लाका हरेक नागरिकले उनलाई बोलाउदा नामै माई डियर भनेर सम्बोधन गर्ने गरेको समेत नागरिक अगुवा मास्केले बताए ।
नेपाल रेड्क्रस सोसाईटीका गतिबिधि संचालन गर्दा होस ,भुकम्पबाट दोलखाली नागरिक पिडामा पर्दा होस ,अग्नि पिडितलाई होस,पढ्न बाट बञ्चित बालबालिकालाई आप्mनो गच्छेअनुसार सहयोग गर्दै आएकाछन । पत्रकार महासंघको भवनमा मात्र नभई दोलखाका संचार क्ष्ोत्रमा समेत उनका सहयोगी हात फैलिएकाछन संचारकर्मी डम्बर प्रसाद चौलागाईले भने ।
हाम्रो तर्फबाट पनि सहयोगी मनलाई हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा ती सहयोगी हातहरु निरन्तर फैलिरहुन् जन्मदिनको असिम शुभकामना !!!
Leave a Reply