दीपशंकर चौलागाई । भीमेश्वर नगरपालिले नगर क्षेत्र भित्र नापी नक्सा अद्यावधिक गर्ने भएको छ ।
द्धन्दको समयमा भएको क्षतिको कारण नक्सा अद्यावधिक गर्नु पर्ने भएकोले संघिय सरकार संग समन्वय गरि पुनः नापी गर्ने भएको हो ।
आव २०७६÷७७ को निति तथा कार्यक्रम सार्वाजानिक गर्दै भीमेश्वर नगरपालिकाले यस्तो जानएको हो ।
“२०४९ सालमा नापी भएको भीमेश्वर नगर क्षेत्र नापी भएको थियो । २०÷२० बर्ष पछि पून नापी गर्ने नेपाल सरकारको नियम हुदा पनि नियमनकारी निकायले नियमको उपहास गरेकोले हाल सम्म नापी हुन सकेन । ढिलै भए पनि भीमेश्वर नगरपालिकाले जनपक्षीय निर्णय गरेकोमा खुशि ब्यक्त गर्दछन । ” नागरिक अगुवा चिरञ्जीवी मास्के ।
नगरभित्रको सार्वाजानिक र खुल्ला क्षेत्रको संरक्षण गर्नको लागी पनि नक्सा अद्यावधिक गर्नु परेको बताउदै भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले भने“नागरिकले आप्mनो सम्पतिका सरल र सहजरुपमा रक्षा गरुन भन्ने उदेश्यले यो योजना ल्याएको हो ।”
सदरमुकाम चरिकोट र आसपासमा रहेका जग्गाहरु खरिद बिक्रि गर्दा धेरै समस्या भएको गुनासो अनुसार नगरपालिकाले नागरिकको समस्या हल गर्न यो योजना अघि बढाएको समेत प्रमुख केसीले बताए ।
लालपूर्जा र नक्सामा भएको जग्गाको क्षेत्रफल फिल्डमा नहुने समस्याबाट आर्जित नगरवासीहरुको यो समस्या दिर्घकालिन रुपमा समधान हुने आसा भिमेश्वर न.पा. ३ का प्रकाश बस्नेतले राखेका छन । बस्नेत भन्छन छरछिमेकमा जग्गाको विषयलाई लिएर हुने झैझगडाको पुनः नापी पछि समधान हुनेछ ।
Leave a Reply