दोलखा  प्रहरी द्धारा गाँजा फडाँनी

 पब्लिक संवाददाता      आइतवार, असार ८, २०७६      0

दीपशंकर चौलागाई । पाँच रोपनी श्रेत्रफलमा अबैधरुपमा लगाई राखेको गाँजा जिल्ला प्रहरी कार्यालय दोलखाको प्रहरी टोलीले फडाँनी गरि नष्ट गरेकोे छ ।
दोलखाको भीमेश्वर नगरपालिका ९ लाकुरीडाँडाका बिभिन्न स्थानमा पुगी करिब ५ रोपनीमा रहेको गाँजा फडनी गरि नष्ट गरेको हो ।
सामुदायि बन र करेसा बारी लगाईएका गाँजाका २७ सय बोट समेत प्रहरीले नष्ट गरेको प्रहरी नायव निरिक्षक बलदेव देवकोटाले जनकारी दिए ।
लागुऔषध दुरुपोय तथा ओसारपसार बिरुद्धको अन्र्तराष्ट्रिय दिवसको अवसरपारि आयोजित साप्ताब्यापि कार्यक्रम अनुसार अवैधरुप उत्पादीत गाँजा अफिमलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय दोलखाले अभियान चलागाएकोप्रहरी नायव निरिक्षक देबकोटाले बताए ।
उनले भने जुन स्थानमा गाँजा फडानी गरिएको सोही स्थानका भद्रभलादमीहरुको उपस्थितीमा जलाएर नष्ट गरेका छौ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *