सर्वोच्च शिखर सगरमाथा आरोहणमा बिश्व कृर्तिमानी राख्ने बस्नेतलाई गाउँलेको भव्य स्वागत(फोटो फिचर सहित)

 पब्लिक संवाददाता      शनिबार, असार ७, २०७६      0

 

दीपशंकर चौलागाई । चिनको स्वाशासित क्षेत्र तिब्बतको सिमनामा जोडिएको दोलखाको लामाबगर गाउँका लीलाबहादुर बस्नेतले काठमाडौंबाटै हिडेर ७ दिनमा सगरमाथाको सफल आरोहण गरि फर्किएर विश्व रेकर्ड राखेका छन् ।
सगरमाथा आरोहणका लागि काठमाडौंबाट हिँडेको सातै दिनमा सगरमाथाको चुचुरोमा पुगेर काठमाडौं यति छोटो समयमा आउने उनी पहिलो व्यक्ति हुन् ।
३७ बर्षिय बस्नेतले सर्वोच्च शिखर सगरमाथाको ५ औ पटकको सफल आरोहणमा विश्व रेकर्ड राखेका हुन । बस्नेतले जेठ ८ गते विहान ६ बजे सगरमाथाको आरोहण गरेका थिए ।
स्थानीय लामाबगर वासीले स्वागत तथा अभिनन्दन गरेको समारोहमा बस्नेतले सामान्यतया सगरमाथा आरोहण गर्न ४५ दिनदेखि ६० दिनसम्मको अनुमति हुन्छ,तर आफुले हिमाल आरोहणका लागि १० दिनको अनुमति लिएको बताए । हालसम्म बेस क्यामबाट ८ देखी १० घण्टामा हिमाल आरोहण गरी विश्व रेकर्ड राखिएको उनले त्यसलाई तोड्न काठमाडौंबाट यात्रा सुरु गरी सफल भयो दाबि गरे ।
बस्नेत भन्छन “ मे १८ तारिख बिहान ७ बजे काठमाडौंबाट लुक्ला उडे । १९ तारिखमा बेस क्याम्प २० तारिखमा बेस क्याम्प २ पुगे । २१ तारिखमा ७ हजार ९ सय मिटरको उचाइमा थकाइ मारेर साँझ ८ बजे हिँडेर २२ तारिखको बिहान ६ बजे चुचुरोमा पुगे ।”
चार पटक सगरमाथा पुगेकाले छोटो समयमै पुगेर फर्कन सक्छु भन्ने आँटले योजना बनाएको हिडेको बस्नेतले बताए ।
विश्वभर भाषा,धर्म,संकृतीको नाममा नेपाल लगाएत विश्वभर अशान्त भइरहेको भन्दै त्यसको अन्त्यका लागि सगरमाथा आरोहण गरिएको स्वागत तथा अभिनन्दन गरेको समारोहमा बस्नेतले प्रष्ट पारे ।
बिगुगाउँपालिकाले ४ लाख ८९ हजार ४ सय ७७ रुपियाँ,लामाबगर वासीले एक लाख ८६ हजार, प्यारगन स्कुलबाटे दुई लाख ५० हजार र प्यारागन स्कुलमा कार्यरत एकजना अमेरिकन नागरिकले २ लाख ५०हजार सहयोग बस्नेतले बताए । उनले १० हजार माथि सहयोग गर्ने स्थानीयबवासीलाई धन्यवादको प्रमाणपत्र समेत प्रदान गरेकाछन । उनले सेभेन समिट टे«क्स मार्फत आरोहणका लागि सगरमाथा गएका थिए ।
स्थानीय लामाबगर वासीले स्वागत तथा अभिनन्दन गरेको समारोहमा लाई सम्बोधन गर्दै बिगुगाउँपालिकाका प्रमुख युधिष्ठीर खड्काले विश्व रेकर्ड राखेर उनको मात्र नभई सिंगो गाउँपालिका को मात्र नभई देशकै नाम उच्च बनाएको बधाई ज्ञापन गरे । उनले लिला बहादुरकै सपना सकार पार्न गाउँपालिकाले यसै बर्ष देखी रक कलाईभिङ बनाउन बजेट छुटाउने प्रतिबद्धता जाहेर गरे । खड्काले बिगु गाउँपालिकाका ब्यानर सर्वोच्च शिखर सगरमाथाकाको चुचुरोमा पुराई फरफराएले थप योजनाका साथ काम गर्न समेत प्रेरणा मिलेको धारण ब्यक्त गरे ।
सगरमाथाको आरोहणसँगै विश्व रेकर्ड राख्न सफल भएकोमा स्थानियवासी खुसि भई स्वागत तथा सम्मान गरे गुम्बाका मुख्य लामा पेमा तेन्जिङ लामा बताए ।
उनलाई सेभेन समिट कम्पनीले साथ र सहयोग गरेको छ । तर गएका सहयोगी विरामी भएर अन्तिम बेस क्याम्पमा बसेपछि आवश्यक सामग्री सहितको भारी बोकेर एक्लै चुचुरोमा पुगेको बताए । माथि पुगेपछि त्यहाँ भएका अन्य व्यक्तिहरुले आफ्नो फोटो खिच्न सहयोग गरेको उनले प्रष्टपारे ।
उनले साना ठूला गरी बस्नेतले सगरमाथा सहित आधा दर्जन बढी हिमालको आरोहण गरेका छन् । बस्नेतले नेपालका मात्र नभई चीनको तिब्बतमा रहेका दुइटा हिमाल पनि चढेको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *