दीपशंकर चौलागाई । मुलुका सफल व्यवसायी एवं दोलखाली छोरा समाजसेवी प्रभुराम श्रेष्ठले भुकम्पमा क्षतीग्रस्त दोलखा उद्योग बाणिज्य संघको भवन पूर्ननिर्माणका लागी ७ लाख रुपैंया सहयोग गर्नूभएको छ ।
२०७२ को भुईचालोमा क्षती प’गेको संघको भवन पूर्ननिर्माण ह्ुन सकेको छैन् । एक महिना अघि सम्पन्न संघको निर्वाचनबाट निर्वाचित भएको नयाँ कार्य समितिले सदरमुकाम चरिकोट स्थित टूडिखेल नजिक रहेको भवन पूर्ननिर्माण गर्ने निर्णय गरे लगतै श्रेष्ठले उक्त सहयोग गर्नूभएको हो ।
उनले ५ लाख रुपैंया संघको भवन पूर्ननिर्माणका लागी र २ लाख रुपैंया व्यवसायी आकस्मिक कोषका लागी आफुले सहयोग गरेको बताउन्भयो । नव निर्वाचित कार्य समितिको योजनालाई आफ’ले साथ दिने उद्धेश्यले उक्त सहयोग गरेको श्रेष्ठले बताउनुभयो ।
दोलखाको भीमेश्वर नगरपालिका ३ स्थायी घर भएका श्रेष्ठ राजधानी सहित देशका बिभिन्न स्थानमा होटल, पेट्रोलपम्प, हाईड्रो लगायतका व्यवसायमा संलग्न छन् । उद्योग बाणिज्य संघको भवन प’र्ननिर्माणका लागि यस अघि समेत बिभिन्न व्यक्ती तथा संस्थाल े सहयोग गरिसकेको छ । भवन प’र्ननिर्माणको काम गत साताबाटै शुरु भईसकेको संघका द्धितिय उपाध्यक्ष सनत थापाले जानकारी दिनुभयो ।
Leave a Reply