दोलखा उद्योग वाणिज्य संघको भवन ब्रेक डाउन सहित रेट्रोफिटिङ सुरु , तोकिएकै समय बाट कार्यालय सञ्चालन गरिने

 पब्लिक संवाददाता      शनिबार, जेष्ठ २५, २०७६      0

दोलखा २५ जेठ निजी क्षेत्रको अग्रणी संस्था दोलखा उद्योग वाणिज्य संघको भुकम्पले क्षति पुर्याएको भवन रेट्रोफिटिङ सुरु भएको छ । संघको २२ अौं साधरण सभा एवं अधिबेशन बाट निर्वाचित नयाँ कार्यसमिले आफ्नो भबन प्रवलिकरणको अौपचारिक सुरु गरेको हो ।
भिमेश्वर नगरपालिका ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी र दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठ द्वितीय उपाध्यक्ष सनत थापा लगाएतका पदाधिकारी हरुले संयुक्त रुपमा हम्मर हानेर भवन मर्मतको अौपचारीक सुरु गरेका हुन् । संघको नवनिर्वाचित पदाधिकारीहरुका अनुसार साँढे चार तलाको भवनको डेढ तला काटेर ३ तलाको सुरक्षित भवन हुनेछ । भवनको तेस्रो तलामा सुविधा सम्पन्न प्रिफ्याब शभाहल निर्माण गर्ने तयारी रहेको संघका महासचिव हेमराज रिमालले जानकारी दिनु भयाे ।

संघका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठले उक्त भवन मर्मत गर्न ७० देखि ८० लाख बराबरको प्राविधिक ईस्टमेट रहेको जनाएका छन् । अध्यक्ष श्रेष्ठले चरिकोटस्थित भिमेश्वर नगरपालिका र त्याँहा कार्यरत प्राविधिक हरुको परामर्श अनुसारनै भवन रेट्रोफिटीङ अभियान सुरु भएको बताउनु भएकाे छ । उहाँले नगरपालिका सँगै सहकार्य गरेर भवन मर्मतको काम सुरु भएको बताउनु भयाे ।

वर्तमान कार्यसमितिको निर्वाचन अघि चुनावी घोषणापत्रमा मुख्य प्राथमिकतामा रहेको भवन निर्माण सुरु भएको संघका द्वितीय उपाध्यक्ष सनत थापाले जानकारी दिनु भयाे । सबै सरोकारवाला हरुलाई सहयोग गर्न आग्रह अध्यक्ष श्रेष्ठले भवन पुनर्निर्माणमा मोटो रकम खर्च हुने भन्दै सम्पूर्ण सरोकारवालासँग दोलखा उद्योग वाणिज्य संघले सहयोगको अपेक्षा गरेकोे बताउनु भएकाे छ । उहाँले जिल्लाका सबै उद्योगी व्यवसायीहरुको साझा संस्था भएकोले पनि जिल्लाका सबै स्थानीय तहहरुलाई संघको तर्फबाट सहयोगका लागि अौपचारिक पत्राचार गरिने जनाउनुभएकाे छ ।

उहाँलेले जिल्लामा कृयासिल सबै जनप्रतिनिधि , सांसद , दोलखामा रहेका जलविद्युत आयोजना , गैरसरकारी संस्था हरु , सबैजसो उद्योगी व्यवसायी लगाएत सम्पुर्णमा भवन निर्माण जस्तो पवित्र कार्यमा सघाउन अनुरोध समेत गर्नुभएकाे छ । संघले भवन मर्मतको जिम्मेवारी भवन निर्माण समिति मार्फत अघि बढाएको छ ।

समितिका संयोजक गणेश विक्रम शाहिका अनुुसार प्रचलित नियम अनुसार तोकिएकै समय अवधि भित्र भवन मर्मत सम्पन्न गरिने जनाएका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *