दीपशंकर चौलागाई
दोलखा २३ जेठ । जिल्लाको इतिहासमा पहिलो पटक ३० वटा संघ संस्थाहरुले प्रहरी नायव उपरीक्षक भव्य विदाई गरेको छन ।
जिल्लामा आफ्नो एक बर्षे कार्यकाल पुरा गरी सरुवा भएका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव पाठकलाई नागरिक समाज दोलखाले सामुहिक बिदाई गरेको जिल्लाको इतिहासमा पहिलो हो । उहाँ सम्पत्ति सुद्धिकरण आयोगमा सरुवा हुनु भएको छ ।
२०७५ साल जेठमा दोलखा जिल्लाको प्रहरी प्रमुखको रुपमा आउनु भएका प्रहरी नायव उपरीक्षक बासुदेव पाठक सरुवा भएपछि दोलखाको दोलखा उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, नेपाल वार एसोशियसन, गैर सरकारी संस्था महासंघ, जिल्लामा रहेको पाँच वटा रेडियो, दैनिक पत्रिका र अनलाईनहरु लगायतले संयुक्त रुपमा विदाई गरेकाछन ।
सामाजिक संस्थाहरुले आफुलाई संयुक्त रुपमा सम्मान गरेर थप जिम्मेवारीको महसुश गराएको प्रहरी नायव उपरीक्षक पाठकले बताउनुभएको छ । आफु सधैं नागरिक सम्मानको साथ काम गर्ने प्रतिवद्धता प्रहरी नायव उपरीक्षक पाठकल व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामाको सभापतित्वमा भएको शुभकामना तथा विदाई कार्यक्रममा दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, दोलखाका पूर्व अध्यक्ष राजेन्द्र मानन्धर, , , पत्रकारहरु शम्भु गौतम, लक्ष्मण खड्का, रमेश खतिवडा, उद्धव पोखरेल गोकर्ण भण्डारी र दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठले शुभकामना व्यक्त गर्नु भएको थियो ।
Leave a Reply