
दीपशंकर चौलागाई
दोलखा २३ जेठ । नेपाली कांगे्रसका बरिष्ठ नेता रामचन्द्र पौड्यालले बर्तमान पार्टी नेतृत्वको अक्षमताका कारण पार्टीको जनबर्गीय संगठनको अधिबेशन हुन नसकेको आरोप लागाएकाछन ।
पार्टी भित्र चरम गुटबन्धी गरि पार्टी सभापति शेरबहादुर देउवाले नेपाल बिद्यार्थी संघ , नेपाल दलित संघ लगायतका जनबर्गीय संगठनको अधिबेशन समयमा हुन नदिएको उहाँको जिकिर छ ।
पूर्वीय पहाडी जिल्ला दोलखाको सदरमुकाम चरिकोटमा भीमेश्वर नगरपालिकाको आयोजनामा हुन गईरहेको राष्ट्रिय गाउँ जागरणको सभालाई शुक्रबार सम्बोधन गर्न आएका पौड्याले नेपाली कांगे्रसका कार्यकर्ताका माझ सो कुरा बताउनु भएको छ ।
उहाँले यतिको लामो सयम सम्म नेपाल तरुण दलको केन्द्रिय समितीलाई पूर्ण नदिए अनिर्णयको बन्दी बर्तमान नेतृत्वले बनाएको ठोकुवा गर्नुभयो ।
भुतपूर्व सैनिक संघ, नेपाल महिला संघ समेतको अवस्था नाजुक बनाउने देउवाजि को नेतृत्वलाई मेरो भन्नु केही छैन पौड्यालले भन्नु भयो “यसको बदला निष्ठावान कार्यकर्ताले तत् समयमा लिने छन ।”
सदरमुकाम चरिकोटको दिप्रसन होटलमा रहेका बरिष्ठ नेता पौड्याललाई काठमाण्डौ बसी नेताको पिछे लग्गु बनेर आउने दोलखाका टुरिस कांगे्रसको माझमा राखी र जिल्ला भएका स्वाभिमानी निष्ठावान नेता कार्यकर्तालाई भेटन समेत नदिएको जिल्ला स्तरिय एक नेताले दुखेसो गर्नुभयो । उहाँले भन्नु भयो ठालुहरुका यस्तै रवैयाका कारण दोलखामा कांगे्रस सधै पछि परेको हो ।
Leave a Reply