दीपशंकर चौलागाई
दोलखा २३ जेठ । अर्जुन प्रसाद शिवाकोटीको अध्यक्षतामा नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिकामा बनेको छ । नेपाली कांगे्रसको सांगाठानी अबस्था मजबुत बनाउन शिवाकोटी अध्यक्ष रहेको ४७ सदस्यीय गाउँपालिका समिती बनेको हो ।
अध्यक्ष पदमा सर्वसम्बत र्निवाचित भए पछि नेता शिवाकोटीले आउँदा निर्वाचनमा यस गाउँपालिकामा नेपाली कांगे्रसले विजयको झण्डा फरफराउने बिश्वास दिलाउनु भयो ।
गुरु योजना बनाई सांगठानी गतिबिधिलाई निरन्तर अगाडी बढाउने शिवाकोटीले प्रतिबद्धता जाहेर गर्नु भयो ।
नेपाली कांगे्रसका युवा नेताद्धय पदमराज पाठक र सन्तोष मैनाली सचिव रहेकोले पनि पार्टी संगठनका रफ्तार नयाँ शिराबाट जान सक्ने अनुमान नेपाली कांगे्रसका नेताहरुको वृतमा चलेको छ ।
गाउँपालिकाको उपाध्यक्षमा बालनन्द शिवाकोटी,संग्राम बहादुर आचार्य र सहसचिवमा सन्जिव पाण्डे सहित ४७ सदस्यीय गाउँपालिका समिती बनेको नेपाली कांगे्रस राष्ट्रिय गाउँ जागरण अभियान कालिञ्चोक गाउँपालिका सदस्य जयराम श्रेष्ठले बताउनु भयो ।
राष्ट्रिय गाउँ जागरणमा उत्कृष्ठ कार्यक्रम कालिञ्चोक गाउँपालिकाले गरेकोमा नेपाली कांगे्रस दोलखाको धन्वादको पात्र बनेको छ ।
Leave a Reply