सांसद  लामाद्धारा १० थान एम्बुलेन्स,दुई शब वाहान सहयोग

 पब्लिक संवाददाता      मङ्लबार, जेष्ठ २१, २०७६      0

दीपशंकर चौलागाई
दोलखा २१ जेठ । संघिय सांसद एवं कांग्रेस नेता जिपछिरिङ लामाले दोलखा जिल्लामा १० वटा एम्बुलेस रु दुइ वटा शब वहाना सहयोग गर्नुभएको छ ।
जिल्लामा रहेका नौ वटा स्थानीय तहलाई एक–एक ओटा एम्बुलेन्स , भीमेश्वर र जिरी नगरपालालिका थप एक एक वटा शब वाहाना सहयोग गरेका तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानले जनाएको छ ।
दोलखाको उत्तरी गाउ खारेमा पहिलो पटक लामाले एम्बुलेन्स सहयोग गरेका थिए । लामो समय देखि जिल्लाको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका लामाले गत मंसिरमा तामाकोसी गाउँपालिका ३ जफेँ, मेलुङ गाउँपालिका वडा नं ६, बिगुँ गाउँपालिका, कालिञ्चोक गाउँपालिका वडा नं तथा जिरी नगरपालिका लाई एम्बुलेन्स सहयोग गर्नुभएको थियो ।
मंगलबार लामाले दोलखाको शैलुङ गाउँपालिका ,बैत्यश्वरगाउँपालिक,गौरिशंकर गाउँपालिक,बिगु गाउँपालिका लाई एक एक वटा एम्बुलेस भिमेश्वर र जिरी नगरपालालिका थप एक एक वटा शब वाहाना सहयोग गरेका छन । आफ्ना आमा र बुबाका नाममा स्थापना गरिएको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट लामाले आज दोलखा सदरमुकाम चरिकोटमा एक कार्यक्रमको आयोजना सांसद जिपछिरिङ लामाले आप्mन हातबाट एम्बुलेन्स चाबि हस्तान्तरण गर्नुभएको छ ।
.एम्बुलेन्स नभएकै कारण धेरै बिरामीलाई समयमानै अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको खबर सार्वजनिक भइरहेका बेला त्यस्ता समस्या नआओस् भन्ने उद्देश्यले एम्बुलेन्स वितरण गरिएको लामाको बताउनुभयो ।
एम्बुलेन्स वितरण कार्यक्रममा बोल्दै सांसद लामाले कसैलाई पनि भेदभाव नगरी सेवा दिन एम्बुलेन्स पाउने स्थानीय तहलाई आग्रह गरेका छन् । ‘यो पार्टी र ऊ पार्टीको नभनी सबैलाई सेवा दिनुहोस’ सभासद् लामाले भने, ‘मेरा लागि दोलखाबासी सबै समान हुन त्यसैले कसैलाई भेदभाब नगरि सेवा दिनुहोला ।
आफुले कमाएको सम्पति र सांसद भएबापत आउने तलब–भत्ताको रकम खर्च गरि १ करोड ४४ लाखमा एम्बुलेन्स खरिद नागरिकको सेवा गरेको लामा भनाई छ । नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य समेत रहेका लामाले सहयोग हस्तान्तरण गर्दा आफ्नो कुनै राजनीतिक स्वार्थ नरहेको प्रस्ट पारेका छन् ।यसअघि पनि सांसद लामाले विभिन्न विद्यालय, गुम्बा र मन्दिर निर्माणमा सहयोग गरेका थिए । उहाँले भूकम्पमा ज्यान गुमाएका १ सय ७७ जना दोलखालीहरुकोे परिवारलाई प्रतिव्यक्ति १५ हजारका दरले सहयोग गरेका थिए ।
नेपाल सरकारका संघिय संसद जिपछिरिङ लामा, प्रदेश संसद देन्डी शेर्पा, नगर प्रमुख द्धय भरत केसी, टंक जिरेल ,नेपाली कांगे्रसका नेता ताराबहादुर कोईराला, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल,गाउँपालिका प्रमुखहरु छविलामा,युधिष्टीर खड्का, स्वयम बहादुर खड्काले सामुयिक रुपका एम्बुलेन्स र शब बहानको रिबन काटी कार्यक्रम सुरु गरिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *