४ बर्ष अघि ढलेको स्तम्भ अझै बनेन्

 पब्लिक संवाददाता      सोमवार, जेष्ठ ६, २०७६      0

दीपशंकर चौलागाई
दोलखा ६ जेठ । नेपालको सिमानामा रहेको ५५ नम्बरको स्तम्भ ढलेको छ । भुकम्प कारण ४ बर्ष अघि ढलेको स्तम्भ बनाउन सरकारी सरोकावालले चासो समेत देखाएका छैन ।
देशकै अस्मिता संग जोडिएको स्तम्भ ढलेको देखियो अब सम्बन्धित निकायलाई खबर गरि पूर्न निमार्णका लागी पहल गर्ने स्तम्भ स्थल पुगेका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल बताउनु भयो ।
सिमनामा रहेको ५६ नम्बर स्तम्भ सहिसलामत रुपमा रहेको र ५७ नंम्बर स्तम्भमा डोरी लगाई जानु पर्ने हुदा सामाग्रीको अभाबमा जान नसकेको प्रजिअ रिजालले जानकारी दिनुभयो ।
“भौगोलिक रुपमा पुग्न कठिन रहेकोले ५७ नम्बर स्तम्भमा पुग्न सकेनौ।” उहाँले भन्नभयो । यता नेपाल र चिन बिच ठुलो खोला भएका कारण शसस्त्र प्रहरीबल चरिकोटका प्रहरी नायव उपरिक्षक किरण कुमार कठायत खोला सम्म पुगेको र बाँकी आफु संग रहेको टोलीले ढलेको स्तम्भको ३ सय मिटर टाढा बाट मात्र हेरेको प्रजिअ रिजालले बताउनुभयो ।
गौरिशंकर संरक्षण क्षेत्र बन्यजन्तु संरक्षण ब्यूरोको टोलीमा संलग्न भई देशको सिमनामा रहेको स्तम्भको स्थितको अबलोकन गर्न आफु पुगेको प्रजिअ रिजालले प्रष्ट पार्नुभयोे ।
दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ मा पर्ने सो स्थानमा बस्ती नभए पनि नजिकको बस्ती लप्चीवासीहरु रातदिन सिमाना भत्किएको स्थानमा पुग्छन । स्तम्भ निमार्णका लागी पटक पटक सरकारी निकायलाई खबर गरेपनि भौगोलिक कठिनाई देखाउदै बेवास्ता गरेकोले यसपटक माननिय जिल्ला न्यायाधिस कमलराज बिष्ट,प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, प्रहरी नायव उपरिक्षक बासुदेव पाठक, शसस्त्र प्रहरीबल चरिकोटका प्रहरी निरिक्षक किरण कुमार कठायत टोलीलाई ढलेको ५५ नंम्बरको स्तम्भ नजिक पुग्ने पुराएकोे स्थानिय कर्मा शेर्पाले बताए ।
उनले भने “२०७२ सालको भुकम्पले ढालेको पिलर बनाउन पटक पटक पून निमार्ण प्राधिकरण अनुरोध गरे पनि कुरा सुनेन । ढलेको स्तम्भ बनाउनलाई ख्याल ख्याल ठान्ने पून निमार्ण प्राधिकरणको औचित्य नरहेको नागरिक समाज दोलखाकोे ठहर गरेको छ ।”

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *