दोलखामा दुई पत्रकार र चार बरिष्ठ कलाकारहरुको सम्मान

 पब्लिक संवाददाता      शनिबार, जेष्ठ ४, २०७६      0

दीपशंकर चौलागाई
दोलखा ४ जेठ । नेपाल मानव अधिकार सङ्गठन दोलखाले मानव अधिकार शिक्षा सम्बन्धि प्रशिक्षण तथा अधिकारकर्मी सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
सङ्गठनले नागरिक अधिकारको संरक्षण तथा सम्र्वधनमा योगदान गरेको भन्दै नागरिक समाज दोलखाका संयोजक एवं पत्रकार चिरञ्जीवी मास्के र पत्रकार रविन्द्र गौतमलाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले स्थानिय जनप्रतिनिधिमा मानव अधिकार शिक्षाको चेतना जागृत गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले सोही अवसरमा सम्मानित दुइ पत्रकारहरुलाई सम्मानपत्र प्रदान गरेका छन ।
नेपाल मानव अधिकार सङ्गठन दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाईको सभापतित्वमा सम्पन्न प्रशिक्षण एवं सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, नेपाल मानव अधिकार सङ्गठनका केन्द्रिय सदस्य प्रा डा गोविन्द ढकाल, प्रशिक्षक अधिवक्ता कल्याण पोखरेल, नागरिक समाज दोलखाका अगुवा चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामा, मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक, नेपाल) दोलखाका अध्यक्ष उद्धव पोखरेल, नेपाल मानव अधिकार सङ्गठन दोलखाका उपाध्यक्ष छविन्द्रप्रसाद चौलागाई र सदस्य राजन वस्नेतले मानव अधिकार शिक्षा लाई अभियानका रुपमा सबै स्थानिय तहमा पुराई सम्पूर्ण नागरिकलाई सचेत गराउन अपरिहार्य रहेको बताएकाछन ।
मानव अधिकार शिक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, शिक्षक र विद्यार्थी गरी झण्डै एक सय जनाको सहभागिता रहेको थियो । सहभागिहरुलाई संगठनका केन्द्रिय सदस्य प्रा डा गोविन्द ढकाल र अधिवक्ता कल्याण पोखरेलले मानवअ धिकारका बिबिध पक्षको बारेमा प्रशिक्षण दिएका थिए ।

चार जना बरिष्ठ कलाकारहरुलाई सम्मान
दोलखा ४ जेठ । दोलखारप्रेम पूर्ण प्रताप फाउण्डेशनले गित सङ्गीत तथा कला क्षेत्रमा सक्रिय चार जना बरिष्ठ कलाकारहरुलाई सम्मान गरेको छ । फाउण्डेशनको प्रथम बार्षिक साधारणसभाको अवसरमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, लोक गायक कुमार बस्नेत, हरिबहादुर राउत र नाट्य कलाकार पुष्कर गुरुङलाई सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश तीनका सांसद विशाल खड्का र विशेष अतिथि जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले दोसल्ला तथा सम्मान पत्रले सम्मानित गरेकाछन ।
फाउण्डेशनका अध्यक्ष शिवजी प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद विशाल खड्का, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नगर अध्यक्ष कुमार लगुन, नेपाली कांग्रेस दोलखाका नेता इश्वर मानन्धर, भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, जिल्ला अध्यक्ष जीवन लामा, फाउण्डेशनका उपाध्यक्ष शान्ति श्रेष्ठ, सचिव लक्ष्मण थामी, कोषाध्यक्ष देवी गुरुङ, दोलखा म्यासमुचा खलकका उपाध्यक्ष रिना श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।फाउण्डेशनलाई दोलखा स्थाई घर भै अमेरीकामा बस्दै आउनु भएकी फाउण्डेशनको संरक्षक पद्मा प्रधानले आर्थिक सहयोग गर्नु भएको छ । फाउण्डेशनको तर्फबाट संरक्षक पद्मा प्रधानले नेपाल पत्रकार महासंघ दोलखा शाखाको भवन निर्माणको लागि १० हजार नगद सहयोग गरेकी छिन । शिक्षा क्षेत्रमा सहयोग गर्न पाँच लाखको अक्षयकोष स्थापनाको घोषणा समेत उनले गरेको छिन ।
कार्यक्रममा जिल्ला उत्कृष्ठ विद्यालय तथा विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *