दीपशंकर चौलगाई
दोलखा १ जेठ । पहिलो पटक दोलखाका यातायात सेवा समितिहरूले बुधबार बाट सदरमुकाम चरिकोट बाट काँकडभिट्टा बस संचालन गरेका छन ।
रोल्वालिङ्ग यातायात सेवा समितिले आज सातबाटो चरिकोटमा एक कार्यक्रम राख्दै पहिलो बस संचालन गरेको हो ।
रोल्वालिङ्ग यातायात सेवा समितिका अध्यक्ष बालकृष्ण आचार्य ले जिल्लाका सेवा गर्दै आएको रोल्वालिङ्ग यातायात सेवा समिति,अरनिको यातायात सेवा समिति र विपि यातायात सेवा समितिका बस प्रतिदिन पालो लगाएर चरिकोटबाट काँकडभिट्टा पठाउने बताए ।
चरिकोट बाट काँकडभिट्टा कति किलोमिटर छ निश्चित नभएकाले अहिले तोकेको बसभाडा एघार सय रूपैयाँ बाट केही घटबढ हुन सक्ने अध्यक्ष आचार्यले जानकारी दिए ।
रोल्वालिङ यातायात सेवा समितिले चरिकोटबाट काठमाण्डौ र , दोलखाका अधिकांश भुभाग र चरिकोटबाट बर्दिबाससम्म यातायात सेवा सञ्चालन गर्दै आएकोमा पहिलो पटक चरिकोटदेखि काँकडभिट्टासम्म बस सेवा सञ्चालन थालेको छ ।
सेवा शुरु गर्ने पहिलो बस बा. ५.ख ५४०१ का चालक मञ्जिल खड्कालाई रोल्वालिङ यातायातका अध्यक्ष आचार्य र जिल्लाका ट्राफिक प्रहरी प्रमुख चन्दमान तामाङलगातले खादा लगाएर काँकडभिट्टाका लागि विदाई गरकाछन। बुधबारको पहिलो क्युले काकडभिट्टाका लागि १८ जना यात्रु बोकेर छुटेको रोल्वालिङ यातायातको चरिकोट काउण्टरका कर्मचारी तिलक थापाले जानकारी दिए। उनले भने चरिकोटबाट दैनिक २ बजे र काकडभिट्टाबाट चरिकोटका लागि दैनिक ३ बजे बस छुट्ने व्यवस्था समितिले गरेको छ। यो बस सेवा सञ्चालन भएपछि पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गरिएको छ ।
[कार्यक्रमका सम्पूर्ण तस्विरहरु हेर्नुहोला]
Leave a Reply