दोलखालाई लगानीमय बनाउछौँ : उद्योग, व्यवसाय र पर्यटन प्रर्वद्धनको काम फेरि तिब्र हुन्छ

 पब्लिक संवाददाता      शनिबार, बैशाख २८, २०७६      0

दोलखा । यसअघि सबै भन्दा बढि मत ल्याएर महासचिव भएका इमानदार व्यवसायी इन्द्रबहादुर श्रेष्ठले २२ औँ साधारणसभा तथा अधिवेशनमा अध्यक्षको उमेदवारी दर्ता गरेका छन् । शुक्रबार भब्य र्याली सहित उमेदवारी दर्ता गराएका श्रेष्ठले दोलखालाई लगानीमय बनाउने घोषणा गरे । उनले चरिकोट लगाएत जिल्लाका मुख्य बजार क्षेत्रका होटलहरुलाई थप व्यवस्थीत गरि राम्रो संस्कारको प्रारम्भ गर्ने बताए ।
स्थानीय, प्रदेश र संघीय सरकार तथा गैरसरकारी संघसंस्थासंग समन्वय गरि जिल्लाका प्रसिद्ध धार्मिक तथा प्राकृति स्थानहरुमा पर्यटकको पहुँच सहजै पुर्याउने बाताबरण बनाउने बताए। “भीमेश्वर मन्दिर, कालिञ्चो मन्दिर, महांकाल मन्दिर र शैलुङ, चेर्दुङ र डाङडुङे डाँडा लगाएतको क्षेत्रमा पर्यटकलाई आकर्षण देखि सुविधाका सम्पुर्ण व्यवस्था हुन्छ।” उनले भने, “अब दोलखामा र्याफटिङ, प्यारा ग्लाडिङ र रक क्ल्याम्बिङ जस्ता आकर्षक व्यवसायको समेत सुरुवात हुन्छ । ”
यसअघि पनि अनुभवी र सक्रिय टोलीसँग बसेर काम गरिसकेको हुनाले आफुले जितेमा उद्योग, व्यवसायी र पर्यटन विकासमा लागि पर्ने उनले बाताए । उनले भने “तामाकोसी नदीमा र्याफटिङ परिक्षण सुरु हुन्छ । कालिञ्चोक स्थित गणेश डाँडामा रक क्याम्बिङको सम्भावना हेर्नेछौ।”

हाल व्यवसायीहरु दोहोरो करको मारमा परेकोले स्थानीय स्तरको कर सहुलियतको बाताबरणमा पहल गर्ने उनले बताए ।
अधिकांश व्यापारी भ्याट कारोबारका कारण आन्तरिक राजस्वसंग डराउनुपर्ने भएकोले सबै ब्यापारीलाई तालिम दिएर खरिद खाता, बिक्री खाता र स्टक खाता भर्ने काममा पोख्त बनाउने प्रतिबद्धता गरे। उनले अब संघले नै दुई/चार जना सिएलाई सम्पर्कमा राखेर विचौलियाबाट ठगिएने समस्याको हल गर्ने बताए । ‘अब भ्याट बिल काट्न सकिएन, राजस्वका मान्छे आयो भनेर डराएर दिउँसै पसल थुनेर भाग्नुपर्ने हुँदैन ।’ उनले भने।

पुर्व अध्यक्ष रामेश्वर मानन्धरको पालमा सुरु भएको एक गाउँ एक उत्पादनलाई निरन्तरता दिदै हरेक क्षेत्रकको हावापानी र माटो अनुसारको कृषि उपजहरुका उत्पादनमा जोड दिदै बजारीकरणका लागि स्थानीय स्तरमा हाटबजारको व्यवस्था र चरिकोट, सिंगटी, देउराली, मैनपोखरी लगाएतका बजारका होटलसंग सिधै सम्पर्क हुने व्यवस्था गर्ने उनले बताए ।
भीमेश्वर नगरपालिका, प्रदेश सरकार र संघसंग समन्वय गरि चरिकोट बजारमा सडक बत्ती, सिसि क्यामरा जडान र फुटपाथ निर्माणका लागि पहल गर्दै चरिकोट बजारलाई सुन्दर बनाउने उनले बताए । ‘अब चरिकोट एक दिन बस्छु भनेर आउने मानिसहरु तीन दिन बसेर जान्छ,’ उनले भने ।
सुन्दर कार्कीले आफ्नो कार्यकालमा सिन्को समेत भाच्न नसकेर विभिन्न मुद्दा मामिलाको बाहानामा पुनः अध्यक्ष बन्ने प्रयासले फेरि तीन वर्ष संघलाई कोमामा लाने प्रयास गरेको उनको आरोप छ ।
कार्कीले आफ्नो व्यवसाय प्रवद्धन गर्न र परिवारका सदस्यलाई पद दिलाउनका लागि बाहेक संघको हितमा काम नगर्ने भएकाले पनि इन्द्रबहादुर श्रेष्ठ प्यानललाइ बिजयी गराउन उनले अनुरोध गरि। विशुद्ध व्यवसाय र अनुभवी युवाहरुको टोलिले संघलाई आफ्नै घरमा सार्ने देखि व्यवसायीको हकहितमा काम गर्ने उनले बताए ।
चरम विवादकाबीच अदालत धाउदाधाउदै तीन वर्षीय कार्यकाल सकाएका दोलखा उद्योग वाणिज्य संघको २२ औँ साधारणसभा तथा अधिवेशन आज हुदैछ ।
पर्यटकीय जिल्ला दोलखाको उद्योगधन्दा, व्यापार र उत्पादनसंघ प्रत्येक्ष सरोकार राख्ने संघको साधारणसभा तथा अधिवेशनको नजिएसंगै सदरमुकाम चरिकोटमा चुनावी चहलपहल बढेको छ । हालका अध्यक्ष सुन्दर कार्की र महासचिव इन्द्रबहादुर श्रेष्ठको समुह चुनावी मैदानमा अघि बढेसंगै चुनावी माहोल एकाएक तातिएको हो।
कार्की र श्रेष्ठले पेशागत संघहरु हार्डवेयर, फेन्सी, निर्माण, होटल, उद्योग, वितरक, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सर, सुनचाँदी, र भेग मिलाएर प्यानल नै घोषणा गरेर निर्वाचनमा होमिए पछि दुई पक्षबीच तीव्र चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *