मैले जिते आन्तिरिक राजस्वसंग डराएर दिउँसै पसल थुनेर भाग्नुपर्ने हुँदैन

 पब्लिक संवाददाता      शनिबार, बैशाख २८, २०७६      0

दोलखा । यसअघि सबै भन्दा बढि मत ल्याएर महासचिवमा निर्वाचित भएका इमानदार व्यवसायी इन्द्रबहादुर श्रेष्ठले २२ औँ साधारणसभा तथा अधिवेशनमा अध्यक्षको उमेदवारी दर्ता गरेका छन् ।
शुक्रबार भब्य र्यालि सहित सदरमुकाम चरिकोट स्थित दोलखा उद्योग वाणिज्य संघको कार्यलयमा उमेदवारी दर्ता गराएका श्रेष्ठले पछिल्लो समय व्यापारिहरुमाझ अतिनै पेचिलो बन्दै गएको आन्तरिक राजस्व अन्तर्गतको प्यान र भ्यटको वारेमा देखिएको समस्याको समाधान गर्ने उद्घोष गरेका छन् ।
साविक भक्तपुर र हाल धुलिखेल राजस्व बुझाउँदै आएका व्यपारीहरुको दुःख कष्टलाई बुझेर उनले त्यसलाई सहज बनाउने प्रतिबद्धता गरे।
अध्यक्षका उमेदवार श्रेष्ठले अधिकांश व्यापारी भ्याट कारोबारका कारण आन्तरिक राजस्वसंग डराउनुपर्ने भएकोले सबै ब्यापारीलाई तालिम दिएर खरिद खाता, बिक्री खाता र स्टक खाता भर्ने काममा पोख्त बनाउने प्रतिबद्धता गरे ।
प्यान र भ्याटमा दर्ता भएका ब्यवसायिहरुले सामान्य हिसावकिताब राख्न नसक्दा विचौलियाहरुले व्यवसायीहरुलाई चर्को रकम लिने मात्रै नभई काम समेत भरपर्दो नगरेको उल्लेख गर्दै उनले अब संघले नै दुई/चार जना सिए (चर्टर एकाउन्टेन्ड) लाई सम्पर्कमा राखेर विचौलियाबाट ठगिने समस्याको हल गर्ने बताए ।
‘मलाई अध्यक्ष बनाउनुस अब भ्याट बिल काट्न सकिएन , राजस्वका मान्छे आयो भनेर डराएर दिउँसै पसल थुनेर भाग्नुपर्ने हुँदैन ।’ उनले भने, ‘व्यवसायीहरु अहिले दोहोरो करको मारमा परेको छ । स्थानीय स्तरको करमा सहुलियतको बाताबरणमा पहल गर्नेछु ।
चरम विवादकाबीच अदालत धाउदाधाउदै तीन वर्षीय कार्यकाल सकाएका दोलखा उद्योग वाणिज्य संघको २२ औँ साधारणसभा तथा अधिवेशन आज हुदैछ।

पर्यटकीय जिल्ला दोलखाको उद्योगधन्दा, व्यापार र उत्पादनसंघ प्रत्येक्ष सरोकार राख्ने संघको साधारणसभा तथा अधिवेशनको नजिएसंगै सदरमुकाम चरिकोटमा चुनावी चहलपहल बढेको छ ।
हालका अध्यक्ष सुन्दर कार्की र महासचिव इन्द्रबहादुर श्रेष्ठको समुह चुनावी मैदानमा अघि बढेसंगै चुनावी माहोल एकाएक तातिएको हो ।
कार्की र श्रेष्ठले पेशागत संघहरु हार्डवेयर, फेन्सी, निर्माण, होटल, उद्योग, वितरक, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सर, सुनचाँदी, र भेग मिलाएर प्यानल नै घोषणा गरेर निर्वाचनमा होमिए पछि दुई पक्षबीच तीव्र चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *