इन्द्र श्रेष्ठ प्यानलको विजयको सुरुवात, एसोसिएट सदस्यमा तर्फ कृष्ण बहादुर श्रेष्ठ सर्बसम्मत

 पब्लिक संवाददाता      शुक्रबार, बैशाख २७, २०७६      0

दोलखा २७ बैशाख
दोलखा उद्योग वाणिज्य संघको भोलि हुने निर्वाचनमा एसोसियट सदस्य तर्फ दोलखा एकता रोडा ढुंगा उद्योगका कृष्ण बहादुर श्रेष्ठ सर्बसम्मत निर्वाचित भएका छन् ।
मनोनयन दर्ताका क्रममा सुन्दर कार्की प्यानलका उम्मेदवार प्रदिप शिबाकोटीको क्राईट यरिया पूरा नभएपछि ईन्द्र श्रेष्ठ प्यानलका कृष्ण बहादुर श्रेष्ठ सर्बसम्मत भएका हुन् ।
निर्वाचन समितिका संयोजक बद्री श्रेष्ठका अनुसार उम्मेदवार प्रदिप शिबाकोटीको प्रकृया नपुगेपछि एक जनाको मात्र उम्मेदवारी परेका कारण  कृष्णबहादुर श्रेष्ठ सर्वसम्तव निर्बा्चित भएको  हुन् । श्रेष्ठ सर्बसम्मत भएसँगै ईन्द्र प्यानलले जितको खाता खोलेको छ ।
आम उद्योगी व्यवसायी माँझ चर्चित ईन्द्र प्यानलले जित्ने निश्चित भएपछि कार्की समूह पुरै तनाबमा छ । आफु अध्यक्ष हुँदा उद्योग वाणिज्य संघलाई बन्धक बनाएको र व्यवसायीलाई नेतृत्वदायी भुमिका खेल्न नसकेको , संघको भबन निर्माण अलपत्र पारेको भन्दै कार्की समुहले चर्को आलोचना व्यहोर्दै आएको छ ।
उद्योगी व्वसायीका अनुसार श्रेष्ठ प्यानलले सैंयौ मतको अन्तरमा निर्बाचन जित्दै छ । श्रेष्ठ प्यानलका निर्वाचन परिचालन समितिका संयोजक एवं दोलखा उद्योग वाणिज्य संघका पुर्ब अध्यक्ष रामेश्वर मानन्धरले दोलखाका आम उद्योगी व्यवसायीलाई ईन्द्र श्रेष्ठको प्यानलमा खुलेर मतदान गर्न आग्रह गरेका छन् ।
उनले कार्की समुहले निजि क्षेत्रको अग्रणी संस्था उद्योग वाणिज्य संघको बदनाम गरेको र व्यक्तिगत स्वार्थमा लिप्त भएको बताएका छन् । त्यसैले कार्की समुहलाई मतदान गरे संघ बेचेर खाने आरोप लगाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *