ईन्द्र बहादुर श्रेष्ठको समुहलाई विजयी गराए,च्छोरोल्पा जनरल अस्पतालले उपचारमा ५० प्रतिशत छुट गर्ने

 पब्लिक संवाददाता      बिहिबार, बैशाख २६, २०७६      0

दोलखा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा ईन्द्र बहादुर श्रेष्ठको समुहलाई विजयी गराए दोलखाका सबै उद्योगी व्यवसायीको स्वास्थ्य उपचारमा च्छोरोल्पा जनरल अस्पतालले उपचारमा ५० प्रतिशत छुट गर्ने भएको छ ।
बैशाख २८ गते दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न हुन लागेको दोलखा उद्योग वाणिज्य संघको २२ औं साधारण सभामा लोकतान्त्रीक समुहका इन्द्र बहादुर श्रेष्ठको प्यानल विजयी भए च्छोरोल्पा अस्पतालले संघका सदस्यहरुको स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । अस्पतालका सञ्चालक पृथ्वी बहादुर श्रेष्ठले इन्द्र श्रेष्ठ प्यानल विजयी हुँदा व्यवसाय मैत्री यिजल्ला बनाउने अभियानमा आफुहरु लागेको र त्यसका लागि हरेक उद्योगी व्यवसायीको स्वास्थ्य प्रति सचेत हुँदै उनिहरुको उपचार खर्चमा ५० प्रतिशत सम्म छुट दिन अस्पताल तयार रहेको बताएका छन् । सञ्चालक श्रेष्ठले त्यसका लागि तत्काल कार्यविधि बनाएर संघका सदस्यहरुको परिचयपत्रका आधारमा स्वास्थ्य उपचारमा छुट दिने जानकारी दिए ।

समाजसेबी समेत रहेका पृथ्वी बहादुर श्रेष्ठले आफुले लामो समयसम्म उद्योग वाणिज्य संघमा दुख गरेको र संघ र सदस्यहरुको भविश्य सँगै स्वास्थ्यको हिसाबले आफ्नो अस्पतालले उक्त सुबिधा प्रदान गर्न लागेको बताएका छन् । ३ कार्यकालसम्म दोलखा उद्योग वाणिज्य संघको महाँसचिबको जिम्मेवारी सम्हालेका श्रेष्ठले संघलाई नमुना बनाउन पनि इन्द्र श्रेष्ठ प्यानलको जित आबश्यक भएको भन्दै अत्याधिक बहुमतले विजय गराउन आम उद्योगी व्यवसायीहरुलाई आह्वान गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *